ट्रेन्डीङ्ग

धार्मिक कम्युनिस्टहरुको समाजवाद

यो सारा लडाइँ मुख्यत विचारको हो ।  छोटकरीमा यसलाई वैचारिक लडाइँ  भन्न सकिन्छ । संसारमा जति सुकै जो सुकै फरक विचार वा फरक चिन्तन वा फरक दर्शन भनेर कुर्लिय पनि दर्शन दुई किसीमका नै हुन । समय क्रमअनुसार समाजले फरक फरक राजनीतिक ब्यवस्था सग पौठेजोरी खेल्दै आएको छ र ती हरेक व्यवस्थाका आफ्नै दर्शन अनिवार्य सर्त हुन जान्छ किनकी त्यो समाज विज्ञानको नियम हो । हरेक ब्यवस्था टिकाउन वा आफ्नो विचारको प्रभुत्व जमाइ राख्न राज्यले आफ्नै खाले दर्शन अवलम्बन गरेको हुन्छ । 

कम्युनिस्ट आन्दोलन जन्मिनुभन्दा पहिलेका सबै प्रकारका राजनीतिक आन्दोलनहरूको दार्शनिक वैचारिक आधार एउटै थियो अर्थात् आदर्शवाद वा प्रत्यय वाद ( आइडिअलिज्म ) । त्यतिबेला पनि संसारका विभिन्न भागमा भौतिकवादी चिन्तन प्रक्रियाका विभिन्न भगलाहरू त थिए तर राज्य निर्माण, देशभक्तिपूर्ण संघर्ष, सामन्तवादविरोधी पुँजीवादी क्रान्ति आदिका दार्शनिक आधार भने आदर्शवाद नै थियो ।

आदर्शवाद वा धार्मिकता समाजमा लागू गर्दा त्यसले एक मानिसले अर्को मानिस माथिको शोषण उत्पीडनलाई विभिन्न नाममा छुट र वैधानिकता दिँदै आएको थियो । त्यसले बढीमा दु: खी मानिस माथि दया र सहानुभूति राख्दथ्यो तर दु:थोपर्नेहरू विरुद्ध संघर्ष गर्न अनुमति दिँदैनथ्यो । आजभोलिकै सन्दर्भ नियाल्दा पनि यो प्रस्ट हुन्छ । हिन्दु, बौद्ध, मुस्लिम, इसाई, ओशोपथ जति पनि धार्मिक पन्थहरू छन् उनीहरू सबै दु: खीको सेवा गर्न तयार छन् तर दु: खी बनाउने अत्याचारी व्यवस्थासँग लड्न दु : खीहरूलाई संगठीत गर्ने कुरामा उदासीन मात्र होइन, सारमा त्यसको विरुद्धमा हुन्छन् ।

मानव इतिहासमा देखापरेका यस्तै दार्शनिक संकटमा जन्मिन पुगेको थियो भौतिकवाद र कम्युनिस्ट आन्दोलन । कम्युनिस्ट आन्दोलनको यो झण्डै दुई शताब्दी बित्दा नबित्दै यसले कयौं पटक ठक्कर खादै , लड्दै फेरि उठ्दै केही सिक्दै आएको छ । कम्युनिस्ट आन्दोलनको संकट नेपालमा मात्रै होइन विश्वभर र त्यसको बाछिटा नेपाल जस्तो आदर्शवादमा आधिरीत सामन्तवाद धस्त भएर दलाल पुजीवादमा आइ पुग्ला त्यो प्रष्ट देखिन्छ । हिजो रायमाझीहरु दरबार पस्ने देखि आज प्रचण्ड लगायतका क्रान्तिकारीहरु हुँ भन्नेहरु धार्मिककरण हुनु आधारभुत रूपमा  नेपाली कम्युनिस्ट आन्दोलन मै आएको संकट हो । कम्युनिस्ट क्रान्तिकारीहरु धार्मिक करण हुनु उनिहरुको  व्यक्तिगत स्वार्थ पनि हुन्छ तर त्यो गौण हो । यसले सागठानिक रूपमा हलचल मच्चाउन सक्दैन तर वैचारिक रूपमा कम्युनिस्ट आन्दोलनमै देखा परेको विचारको खडेरीले पुरै समाजवादी राजनीतिनि धोस्त बनाउछँ

मुख्यत : विश्व अर्थ व्यवस्थालाई हेर्ने चस्मा एक सय बर्ष  पुरानो हुनु र युग अनुसारको विचारमा फेरबदल ल्याउन नसक्नु आजको कम्युनिस्ट आन्दोलनको कमजोरी हो । हिजोको अर्थ  ब्यवस्था एकाधिकार थियोे अर्थात  एकाधिकार पुजीवादको जग्गजगा थियो । भन्नू अर्थ एक देशले अर्को देशमा कब्जा गर्नु परे पुरै सेना सहित आउथे तर अहिले सय बर्ष यता आइ पुग्दा विश्व अर्थ व्यवस्थामा फेर बदल  आएको । अहिले पहिले जसरी देश कब्जा गर्न सेना सहित जानू पर्दैन किनकि  विज्ञान र प्रविधिको कारण एकाधिकार पुजी अब भुमण्डलीकृत भएको छ ।

विश्वभरका पुजिपतिहरु एक ठाउँमा आउन सक्ने भएका छन । हिजो जसरी पुजीपतिहरु लडेर आफुलाइ सक्काउने खेल तिर जान्थे तर अब  बिश्व राजनीति त्यता जान पर्दैन । अब फरक देशका पुजिपतिहरु एकीकृत भएर पुरै विश्व कब्जा गर्न सक्ने भए । एनजीओ , बहुराष्ट्रिय कम्पनि , एमसीसी  , एसपीपी  लगायतका प्रयोजनका नाममा सिंङ्गो विश्व लुट्न सक्ने भए।  पुजीवादिहरु विज्ञान र प्रबिधि मार्फत एक हुनु तर समाजवादिहरु पुरानै कम्युनिस्ट आन्दोलन मै रोमलिनु र आफ्नो राजनीति जोगाइ राख्न कम्युनिस्ट ( समाजवाद) को ट्रेड मार्क प्रयोग गरेर संसद उपयोग गर्नु , नयाँ युगको कम्युनिस्ट आन्दोलनकोबिकास गर्न नसक्नुले हिजोका कम्युनिस्टहरु धार्मिककारण हुन मुख्य कारण बन्न पुग्योँं । हिजो सामन्तवादले दास बनाइएका ती हजारौं  सर्वहारा जनतालाई हातमा बन्दुक दिदा वैचारिक रूपमा विद्रोह चेत दिनु अनिवार्य थियो , दर्शनिक रूपमा भौतिकवादी बनाउनु अनिवार्य थियो तर कम्युनिस्ट आन्दोलन लाई टुंगोमा पुर्याउन विचारमा आएको खडेरीका बिच युद्धलाइ क्रान्तिमा बदल्न नसक्नुले आन्दोलनको माथिल्लो नेतृत्व पतन हुन पुग्यौं ।

 

अन्ततः संसदीय भासमा जानू र दर्शनिक रूपमा पतन हुन उस्ले बोकेको राजनीति आदर्शवाद गाभिन पुग्यौं । किनकी हरेक ब्यवस्थाको आफ्नै राजीनीति हुन्छ । कम्युनिस्टहरुको जुन हविगत देखियो ,यो परिणाम हो कारण उनले बोकेको राजनीति हो! र त्यो पुजीवादि राजनीति हो । उनि चाहेर पनि भौतिकवादी बन्न मिल्दैन किनकी हरेक राजनीतिको आफ्नै दर्शन हुन्छ । पात्रको कुरा होइन यो बिल्कुल दार्शनिक र राजनीतिक प्रश्न हो । कम्युनिस्ट हुँ भन्नेहरुलाइ  मज्जाले थाहा छ नेपालमा बहुसंख्यक जनताहरु हिन्दु धर्ममा आस्था राख्छन , उनले त्यै तप्काको भवनमा जाल हानेर बढे मान्को माछा हात पर्न चाहन्छन् । त्यसको दोस्रो परिणाम स्वरुप उनले  एउटा गतिलो पुस्तकालय बनाउन भन्दा सुनको गजुर भएको मन्दिर बनाउने उचित ठान्छन  । हरेक उत्पीडनको जरो धर्म मै गएर जोडिन्छ ।

 

लैङ्गकि उत्पीडिन पितृसत्ता सङ्ग जोडिन्छ पितृसत्तालाइ धर्मले आड दिन्छ, जातीय उत्पीडिन वर्ण ब्यवस्था सङ्ग जोडिन्छ जो मनु स्मृति हुदै वेद हुँदै धर्मसङ्ग जोडिन्छ । सास्कृतिक, भाषिक र क्षेत्रीय उत्पीडिनलाइ समेत धर्मले आड दिन्छ  तर पनि पतित भएका कम्युनिस्टलाई यो कुराले छुदैन बरु पुरानै सासकहरुले जस्तै गरि धर्मलाइ हतियार बनाएर राजनीति गरि राख्छन । बाध्यात्मक परिस्थितिमा बोकेको राजनीतिले मुलतः कम्युनिस्टहरुलाइ दार्शनिक रूपमा पतन गराउछ । अब दार्शनिक रुपमा पतित कम्युनिस्टको दर्शनको निमय अलग हुन्छ जान्छ। वर्ग संघर्ष बिना सुधारवाद तिर धकेलिनु उनिहरुको बाध्यता बन्न पुग्छ। वर्ग संघर्ष बिना कम्युनिस्ट पार्टी हुने कुरा आएन।कम्युनिस्ट पार्टी बिनाको समाजवाद कस्तो  होला ? पुजीवाद राजीनीति गरेर बन्ने समाजवाद कस्तो होला ?  तर समाजवादको नारा दिइरहेका हुन्छन्  किनकी भोट त्यै नाराबाट आउँछ । 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?