ट्रेन्डीङ्ग

क्यानडामा सफल एक युवाकाे प्रेरणाादायी कथा

क्यानडा।पछिल्लो समय नेपाली युवायुवती अध्ययन र कामको सिलसिलामा विदेश पलायन हुने क्रम बढ्दो छ । अध्ययनसँगै कामलाई प्राथमिकता दिँदै कतिपय जिविका चलाउन मेहनत गर्छन् भने कतिपयले विदेशमै राम्रो आम्दानी सहित आफूलाई स्थापित गरिरहेका छन् । यस्तै प्रेरणादायी पात्र मध्य एक हुन् । क्यानडामा अध्ययनरत २३ वर्षीय राजेश श्रेष्ठ ।

 

रामेछापमा पुख्यौली घर भएका राजेश भक्तपुरमा परिवारसँगै बस्दै आएका थिए ।चिटिक्क परेको कद, मुसुमुसु हाँस्ने बानी र जेन्जी पुस्ताको ऊर्जावान युवा तीन वर्षअघि उच्च शिक्षाको सपना बोकेर क्यानडा पुगे । तर, अध्ययनसँगै उनलाई आर्थिक आम्द्यानीको आवश्यकता थियो । घरबाट सधै पैसा मगाएर विदेशमा पढ्न सक्ने अवस्था थिएन् । विदेशमा अध्ययन मात्रै होइन, जिवनयापन सहज बनाउन र भविष्य सुनिश्चित गर्न काम जरुरी थियो ।

 

क्यानडा पुगेपछि राजेशले कामको खोजी सुरु गरे । सुरुवातमा उनले एक भारतीय नागरिकको रेस्टुरेन्टमा काम पाए । त्यहाँ उनले होटल , रेष्टुरेन्ट क्षेत्रको आधारभूत ज्ञान हासिल गरे । त्यसपछि उनले पार्टी प्यालेसमा काम गरे । छोटो समयमै उनले आफूलाई अब्बल सावित गर्न थाले । ‘मैले सधैं सोच्ने गर्दथे कसरी अरूभन्दा फरक र उत्कृष्ट बन्न सकिन्छ ।’ उनले भने , ‘मेहनत, लगनशीलता र सिक्ने जाँगरले उनले आफूलाई हस्पिटालिटी क्षेत्रमा स्थापित गर्न सफल भए।’

अध्ययन भिसामा क्यानडा पुगेका उनले दुई वर्षको अथक मेहनतपछि वर्क परमिट प्राप्त गरे। यो उनको करियरको टर्निङ प्वाइन्ट बन्यो । उनको सिप र मेहनतले उनलाई क्यानडाको हार्बरफ्रन्टमा रहेको प्रतिष्ठित ‘गुड म्यान पब एण्ड रेस्टुरेन्ट’मा सुपरभाइजरको जिम्मेवारी दिलायो। अहिले उनी ४० जना कर्मचारीको टिमलाई नेतृत्व गर्छन्, कामको व्यवस्थापन र सहजीकरणमा खटिन्छन । यो जिम्मेवारीले उनलाई आत्मविश्वास र नेतृत्व क्षमता विकास गर्न धेरै सिकाएको छ । उनले अहिले मासिक ५ हजार डलर कमाउछन।

 

विदेशमा आएर तुरुन्तै पैसा कमाइन्छ भन्ने भ्रममा नपर्न उनी सुझाव दिन्छन् । क्यानडामा आवश्यक पर्ने प्राविधिक काम सिकेर आउने विद्यार्थी वा कामदार भिािमा आउनेलाई सहज हुने उनको सुझाव छ ।

भविष्यमा आफ्नै व्यवसाय सञ्चालन गर्ने र अरूलाई रोजगारी दिने योजनामा उनी छन् । क्यानडामा मात्रै होइन, नेपालमा पनि केही गर्ने इच्छा उनको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal