ट्रेन्डीङ्ग

परिवर्तन, बिदेशी प्रभाव र देशभक्ति  

 

बिस २००७ सालको प्रजातन्त्र सङ्गै बेरिएर आएको अवान्छित भारतीय हस्तक्षेप र प्रभाव , बि स ०४६ मा बहुदलीय प्रजातन्त्र सङ्गै बेरिएर आएको भारत र पश्चिमाको अवान्छित हस्तक्षेप र प्रभाव र बि स ०६३ को समावेशी लोकतन्त्र सङ्गै बेरिएर आएको भारत, पस्चिमा र अमेरिकाको अवान्छित हस्तक्षेप र प्रभावहरू कुनै पनि नेपाली राजनीतिक विश्वविद्यालयमा पठनपाठन हुदैन । अझ अर्को महत्त्वपूर्ण पाटो पनि छ । बि स ०१७ को परिवर्तनलाई आजसम्म पनि राजनैतिक परिवर्तन भनेर मान्यता नै दिइएको छैन।

बि स ००७ को परिवर्तनलाई राणा विरोधी क्रान्ति भनिन्छ बि स २०४६ को परिवर्तनलाई निर्दलीय पञ्चायती शासनको विरुद्ध बहुदलीय प्रजातान्त्रिक परिवर्तन भनिन्छ त्यसैगरी बि स ०६३ को परिवर्तन निरङ्कुशताको विरुद्ध समावेशी लोकतन्त्रको परिवर्तन भनिन्छ । ०१७ को परिवर्तन दक्षिणपन्थी राष्ट्रवादी परिवर्तन थियो। दक्षिणपन्थी यो अर्थमा कि ००७ को परिवर्तन ले ल्याएको दलीय स्वतन्त्रता माथि बन्देज लगाइयो ।

 

राजनितिमा निरङ्कुशता थोपरियो तर विकास निर्माण सुधार,राष्ट्रियता, उधोगधन्दा,कलकारखानाको छेत्रमा अभुतपुवर्क फड्को मारेको देखिन्छ । नेपाल राष्ट्रलाई विश्वमा चिनाउने, पहिचान दिलाउने, एउटा स्वतन्त्र राष्ट्र बनाउने कार्यभार नै १७ को परिवर्तन पश्चात् भएको हो भन्न कुनै हिचकिचाहट मान्नुपर्दैन ।

आजसम्म पनि बि स ०१७ को परिवर्तनलाई सही अर्थमा ग्रहण गर्न नसक्नु नेपाली दलहरूको कमजोरी हो। जसरी ००७, ०४६, ०६३ का परिवर्तनको एउटा पाटो प्रजातान्त्रिक, लोकतान्त्रिक अधिकारहरू हो भने ती परिवर्तन का अर्को पाटो अवान्छित बाह्रय हस्तक्षेप र प्रभाव हो।

एउटा पाटो प्रजातान्त्रिक, लोकतान्त्रिक अधिकारहरू प्राप्ति भएको भन्दा बढी चर्को स्वरमा हल्ला गर्ने काम भएको देखिन्छ भने अर्को पाटो परिवर्तन सङ्गै बेरिएर आएका अवान्छित बाह्र्य हस्तक्षेप र प्रभावलाई अवमूल्यन गर्ने, नदेखे झै गर्ने काम भएको छ । त्यसको अर्थ परिवर्तनमा सङ्गै आएका हस्तक्षेप र प्रभावहरू थपिदै थपिदै गएर चाङ लागेको अवस्था छ । परिवर्तन पश्चात् बन्ने सरकारहरूले ती बाह्र्य हस्तक्षेप र प्रभावहरूलाई चिन्ने र खारेज गर्न सकेको भए आज ती हस्तक्षेप र प्रभावको गरुङ्गो भारी देशले र जनताले बोक्नु पर्ने थिएन।

इमानदारिका साथ भन्नुपर्छ ००७ को प्रजातन्त्र सङ्गै आएका नेपाल निल्ने विधानसभा खारेज गर्ने देखि उत्तरी सीमामा १७ ठाउमा रहेका भारतीय फौजहरू रहेको चेकपोस्ट भारत फिर्ता पठाउने, राजा त्रिभुवन को प्रशासनिक, राजनैतिक सल्लाहकार उपराजा जस्तो अधिकार सम्पन्न भारतीय अफिसर गोविन्द नारायणलाई भारत फिर्ता पठाउने, मन्त्रीपरिषदको बैठकको माइनेट लेख्ने, बैठकमा बस्ने भारतीय अधिकारीलाई हटाउने र नेपाली अधिकारी राख्ने, चलनचल्तीमा रहेको हिन्दी भाषालाई हटाएर नेपाली भाषालाई स्थापित गर्ने, ९०%भारतिय मुद्राको चल्तिलाई हटाएर नेपाल राष्ट्र बैकको स्थापना गरि नेपाली मुद्राको चल्ती गराउने, हिन्दी पाठ्यक्रमलाई हटाएर नेपाली पाठ्यक्रम बनाउने, हिन्दी राष्ट्र गान विद्यालयहरूमा गाउने अवस्था हटाएर नेपाली राष्ट्र गान बजाउने ब्यबस्था,हामारा राष्ट्रप्रमुख राजेन्द्र प्रसाद हे भन्ने अवस्था रहेकोमा हाम्रो राजा महेन्द्र हुन भन्ने अवस्थाको सिर्जना गर्ने काम राजा महेन्द्र बाटै भएको हो।

 

नेपाललाई संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र बनाउनेदेखि नेपालको एक ठाउँबाट अर्को ठाँउमा जान जसरी भारतको भुमी प्रयोग गर्नुपर्थ्यो त्यो चिजलाइ हटाएर पुर्ब पश्चिम राजमार्ग,चिनको तिब्बत जोड्ने कोदारी राजमार्ग,देशभरी दात्री राष्ट्रको सहयोग लिएर कलकारखाना,उद्योगधन्दा,रोजगारिको सिर्जना पनि उनै महेन्द्र को पालामा भएको हो विश्व दुई धुर्बमा बाडिएको अवस्थामा तेस्रो धुर्बको नेतृत्व दायी भुमिका खेल्ने पन्चशिलको सिद्धान्तमा आधारित असमलग्न तथा परराष्ट नितिको नेता पनि राजा महेन्द्र नै थिए।नेपाल राष्ट्रलै कुटनैतिक माध्यमद्वारा विश्व समुदायमा स्वतन्त्र राष्ट्रका रुपमा परिचित गराएका थिए।देशभित्रको समस्या सामन्ती ब्यबस्थालाइ सुधार गरि भुमिसुधार गरेका थिए भने रुढिबादी,जातिय छुवाछुत,भेदभाव लाई हटाउन कानुन ल्याएका थिए।

 

००७ को प्रजातन्त्र सङ्गै आएको भारतको हस्तक्षेप र प्रभावलाइ राजा महेन्द्रको समयमा ९०% खारेज गरिदिए तेसरी नै ०४६,०६३ को परिवर्तन ले ल्याएको अवान्छित बाह्र्य हस्तक्षेप र प्रभाबलाइ तेसपछी बनेका दलहरूको शासनले एउटा पनि खारेज गर्न सकेन बरु उल्टै थप्दै थप्दै लगेको देखिन्छ। ०४६ को परिवर्तन अगाडि बिदेशी नागरिक नेपालमा काम गर्न आउनेलाइ work permit दिने ब्यबस्था थियो तेसलाइ ०४६ को परिवर्तन पछि खारेज गरियो। राजा बिरेन्द्रले आफ्नो राज्यभिषेकको समापन समारोहमा १४० राष्ट्रका प्रमुख तथा प्रतिनिधि समछ राखेको नेपाल शान्ती छेत्रको प्रस्ताब ११६ मुलुकले तत्काल समर्थन गरेका थिए त्यि प्रस्ताव येथास्थानमा रहेको थियो तेसलाइ ०४६ को परिवर्तन पश्चात्खा रेज गरियो।

 

बि स १८१६ को सुगौली सन्धिले काली नदि नेपालको प्रमाणित गरेकोलाई पनि माहाकाली साझा नदि हो।नेपाल भारतको नदि हो भनेर भारत सङ्ग सम्झौता गरियो।तेसैको परिणाम पानी र बिजुलिमा असमान र भुमिमा राष्ट्रघाती माहाकाली सन्धी गरियो।अर्थ बिधेयकमा घुसाएर भारतीय नागरिकलाइ नेपाली बनाउने नागरिकता बिधेयक सम्सदको दुई तिहाइले पास गरेर राजा बिरेन्द्र समछ पुर्याइयो राजा बिरेन्द्रले अदालत पठाएर खारेज गरिदिए।

 

बि स ०६३ को समावेशी लोकतन्त्रको परिवर्तन पश्चात् बेरिएर आएको भारत,अमेरिका,पस्चिमाका हस्तक्षेप र प्रभावहरू पनि तेसपछी बनेका कुनै पनि सरकारले हटाएन बरु उल्टै थप्दै थप्दै लग्यो। बि स ०४६ चैत्र मसान्त भित्र नेपालमा जन्मेका जोसुकै हुन् नेपाली नागरिकता दिने राष्ट्रघाती निर्णय नेपालको कानुन,सम्बिधान भन्दा माथि ,असमलग्न परराष्ट नीति बिपरित हिन्द प्रशान्त रणनितिको अङ्ग बनेको एमसिसी सम्झौता नेपालको सम्सदबाट पास गरियो।जलस्रोतमा भारतीय एकाधिकार कायम गरियो। सुर्यबहादुरले दुई करोड दिएर सुरु गरेको भारतीय दुताबासलाइ समानान्तर सरकार जसरी एउटा आयोजनामा केपि ओलिले पाच करोड हुँदै प्रचण्डले बीस करोड बनाइदिए।

 

संघियता,धर्मनिरपेछ,गणतन्त्र को लागि युएसआइडीबाट कति रकम आएको रहेछ भन्ने अहिले सार्बजनिक भएको छ।गलत काम भयो भनेर रकम दिने मुलुकले भनिसकेको छ। देशभित्र चरम बेथिति,भ्रष्टाचार,कुशासन ब्याप्त छ।रोजगारी शून्य छ।युवा जति बिदेश पलायन छ।गत बर्ष मात्र १ लाख भन्दा बढी नेपालीहरुले दुखका साथ आफ्नो जन्मभुमिको नागरिकता त्याग गरेर बिदेशी नागरिकता लिएको देखिन्छ।सरकारी राज्स्वले कर्मचारी लाई तलब खुवाउन नपुगेर बिदेशी ॠणको भर पर्नु परेको छ। अगाडि नै बताइसके बि स ००७,०४६,०६३ को परिवर्तन सङ्गै आएको अवान्छित बाह्र्य हस्तक्षेप र प्रभाब र देशभित्रको आन्तरिक संकट र आजको विश्व भुराजनितिको केन्द्रबिन्दु को कारणले आज हाम्रो देस नजानिदो गरि ठूलो खाडलमा धकेलिएको छ ।

 

अब यो गहिरो खाडलमा खसालिएको मुलुकको सकुशल उद्दार कसले गर्ने! कुन शक्तिले गर्ने! कसरी गर्ने! आजको राजनितिको मुख्य सवाल येहि हो।  सामान्य उपचार बाट ,सामान्य बैधबाट रोग निको हुदैन। एउटा मात्र सिद्धान्त,बिचारबाट पनि यो देशको उद्दार हुन सक्दैन।बि स ०७२ पछि आफुलाइ कम्युनिस्ट भन्ने शक्तिको बहुमत आएकै हो भएन त्यसैगरी नेपाली काङ्ग्रेस ले बि स २०१५ मा दुई तिहाइ ल्याएकै हो भएन त्यसकारण कुनै एउटा सिद्धान्त बिचारबाट मात्र यो देशले सकुशल उद्दार पाउन सक्दैन तेसको लागि साझा देशमुखि कार्यक्रम को आधारमा कम्युनिस्ट,प्रजातान्त्रिक,बामपंथी,राष्ट्रबादी-राजाबादी,स्वतन्त्र खालको प्रवृत्ति भित्र देशबादी पनि छन् बिदेशबादी पनि छन्।

देशमुखी कार्यक्रमको आधारमा ती सबै प्रवृत्तिका देशलाइ गहिरो खाडलबाट निकाल्ने र समृद्धि को यात्रामा हिडाउन चाहने देशबादी,देशभक्त एक ठाउमा आएर मात्र देशलाइ सकुशल उद्दार गर्न सकिन्छ।समृद्धि को यात्रामा हिडाउन सकिन्छ।जय देश

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?