
राष्ट्रिय कर दिवस-२०८२ को अवसरमा कर दाता सेवा कार्यालयले उत्कृष्ट करदातालाई सम्मान गरेको छ।सबैभन्दा बढी कर तिरेका नाग नागिन खाद्य उद्योग प्रा.लि. र आजको पहिलो सेवाग्राहीलाई सम्मानित भएका हुन। उनीहरूलाई कर अधिकृत माया पन्थीले दोसल्ला र सम्मानपत्र प्रदान गरेका थिए ।
आर्थिक वर्ष २०८०/८१ मा नाग नागिन खाद्य उद्योगले ५१ लाख रुपैयाँ कर तिरेको करदाता सेवा कार्यालयका सुचना अधिकारि बसन्त पौडेलले जानकारी दिए ।
परासीमा रहेको सेवा कार्यालय भने यस वर्षदेखि हटाइएको छ ।
सम्मानित करदाताले नयाँ उद्यमीहरूलाई राज्यबाट थप सहयोग हुनुपर्नेमा जोड दिए। कर तिर्नु ठूलो चुनौती नभए पनि वित्तीय साक्षरता अभाव रहेको र कर बुझाउने प्रक्रिया विभिन्न माध्यममा विभाजित भएकाले एकीकृत प्रणाली विकास गर्नुपर्ने सुझाव दिएका थिए।











