ट्रेन्डीङ्ग

के हो पुजीवाद अनि समाजवाद ? कसरि आउँछ समजवाद ?

बुटवल ।समाज रुपान्तरण हुने क्रममा देखे पर्ने ब्यबस्था मध्य पुजीवाद अनि समाजवाद पनि एक ब्यबस्था हुन । हाम्रो समाजले विभिन्न चरणमा विभिन्न ब्यवस्था पार गर्दै आएको छ । अहिले विश्वका अधिकांस कम्युनिस्टहरु नेताहरुको मुख्य एजेन्डा पुजीवादीवादको अन्त्य गरि कसरी आफ्नो रास्ट्रलाइ समाजवाद उन्मुख बनाउने भन्ने छ । हाम्रो देश नेपालको कुरा गर्ने हो भने संविधानमा समाजवाद उन्मुख देश भनी घोषण गरिएको कुरा हामी सबैलाई जानकारी भएकै कुरा हो तर कानुनको किताब मात्र लागु भएको समाजवाद कस्तो रहेछ त ।

आखिर के रहेछ त पुजीवादी अनि समाजवाद ? किन विश्वका अधिकांस देशहरु समाजवादलाई मुख्य एजेन्डा बनाएका छ्न ।यस विषयमा मैले विभिन्न पुस्तक अध्यन गरे तर पुस्तक पिक्षे यसको परिभाषा फरक नै पाए । सामाजिक संजालमा धेरै खोजी गरे अन्तिममा एउटा निष्क्रियमा पुगे । विश्व प्रख्यात कम्युनिस्ट नेता काल माक्र्स यसलाइ यसरी पुष्ठि गर्नु भएको छ । समाज रुपान्तरण हुने क्रममा देखा पर्ने ब्यबस्था मध्य पुजीवाद अनि समाजवाद पनि एक हुन । पुजीवादी ब्यबस्था एउटा यस्तो ब्यबस्था हो जहाँ सम्पुर्ण प्राकृतिक स्रोत , साधनहरु एक ब्यक्ति वा समुहले कुनै बल भएको अथवा कुनै बलको आधारमा निजीकरण गरि आफु मालिक सरह भइ सम्पुर्ण सर्बहारा वर्गहरुलाइ आफ्नो अधिनमा राखी सम्पत्ति कमाउने , एकल स्वामित्व काएम गर्ने , आफू राजा सरह भही गरीब निमुखाले खुन , पसिना एक गरि जम्मा गरेको सम्पत्तिमा रजाइ गर्ने एउटा कुर अनि अमानवीय ब्यवस्था हो । जहाँ अनगिन्ती बर्ग विभेद, शोषण अनि दमन हुन्छ । अनि समजवाद एउटा यस्तो ब्यवस्था हो जहाँ सम्पुर्ण प्राकृतिक स्रोत साधन एकल स्वामित्वमा नभई सामुहिकरण गरिन्छ । कसैले पनि कुनै सम्पत्ति निजीकरण गर्न पाउदैन । सम्पुर्ण कर्तव्य अनि अघिकार सरकार सङ हुन्छ । कुनै वर्ग विभेद , शोषण , दमन , अराजकता हुदैन । निष्क्रियमा भन्नू पर्दा समाजमा समानता ल्याउने प्रयास नै समाजवाद हो ।

कसरि आउदो रहेछ समाजवाद ?

पुजीवादी ब्यवस्थामा घेरै पुजिपती / मालिक हुन्छन् । उनिहरुले आफ्नो बस्तु उत्पादनको लागि उत्पादनका साधनमा निर्भर हुन्छन् तर सम्पुर्णलाई जानकारी भएकै कुरा हो मानिसका आवश्यकता असिमित छ्न तर साधन स्रोत सिमित छन उत्पादन गर्दौ जादा एक दिन यस्तो दिन आउँछ जुन दिन उत्पादनकोलागी साधन स्रोत कम हुन्छ । अब पुजिपतीहरु बिच प्रतिस्पर्धा हुन्छ । जो पुजिपती वा मालिका शक्तिशाली छ उसले कम शक्तिशाली भएको पुजिपतिलाइ दमन , शोषण अनि निषेध गर्छ । यसको परिमाण धेरै पुजिपतीहरु सर्बहारमा परिवर्तन हुन्छन् र केही मात्र पुजिपती रहन्छ्न अब सबै सर्बहरमा रुपान्तरण भए पछि पुजिपती बर्गले उत्पादन गरेका बस्तु बिक्रीमा समस्य देखा पर्छ । अब पुजीवाद सङ्कटमा पर्छ सबै सर्बहारा बर्ग मिलेर बिरोध गर्छन् । अन्त्यमा क्रान्ति वा युद्ध नै सुरु हुन्छ यसरी सबै निजीकरण गरिएको सम्पत्ति सामुहिकरण हुन्छ । यसरी मात्र आउदैन समाजवाद जुन दिन देखि बस्तु बेच्नको लागि मात्र हैन उपयोगको लागि उत्पादन गरिन्छ वा आत्मनिर्भर हुन्छौं अनि समाज शोषण , दमन , बर्ग विभेद हुदैन ,एकल सम्पत्ति जम्मा गर्न पाइदैन जब सम्पत्ति निजीकरण हुदैन तब कुनै पुजिपती हुदैन । जुन दिन बस्तु उपयोग लागि नभई बिक्री लागि गरियो त्यहीँ बाट सुरु भयो पुजीवादी अब यसको अन्त्य बस्तु बिक्री लागि नभई उपयोग लागि हुन्छ त्यस दिन समाजवादको सुरुवाती चरण मानिनेछ । निष्क्रियमा भन्नू पर्दा पुजिवादको उच्चत्तम प्रयोग नै समाजवादको सुरुवात हो ।- पवन ज्ञावलि बुटवल

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?