ट्रेन्डीङ्ग

समाजलाई गिज्याएको सडक….

असोज १०
बर्षौँ अगाडी कालोपत्रको लागि टेन्डर प्रक्रियामा गएको मिर्मी-बिर्घा-रानीमहल सडकको कार्य प्रगति कुन रफ्तारमा भइरहेको छ जुनजस्तै छर्लङ्ग छ।
तस्बिरमा देखिएको स्थान यहि सडकखण्डको कालीगण्डकी ३ भुष्टुङ्ग स्थित मुख्य सडकको हो। सडक कालोपत्रको जिम्मा पाएको कम्पनीले कछुवा गतिमा सडक निर्माणको काम क्रमश भुष्टुङ् आइपुग्दा जग्गाधनीको विवादका कारण निर्माण कम्पनीले भुष्टुङ्को मुटुमा केही मिटर सडक त्यत्तिकै(काम नगरी) छोडेर अगाडी बढ्यो।

त्यसपछि भुस्टुङ्का स्थानीयले उक्त विवाद समाधानका लागि पटकपटक प्रयास गरे । विवाद समाधान नजिक पुगे पनि समाधान हुन सकेन। अन्तिम पटक स्थानीयहरुले सडक निर्माण पक्ष र जग्गाधनी संगै राखेर खोजिएको समाधान प्रयास पनि अन्तिममा पुगेर सफल हुन नसकेपछि सहजीकरणका लागि स्थानीय सरकारलाई गुहारेका थिए।तर स्थानीय सरकारले विवादको समाधान निकाल्न सकेन।
यो खण्डको विवाद समाधानको लागि यहि बाटो भएर ओहोरदोहोर गर्ने प्रदेश एवं संघका निर्वाचित जनप्रतिनिधि,स्थानीय सरकार एवं यस क्षेत्रमा क्रियाशील राजनैतिक दलहरूले सहजीकरण र पहल नगर्नु,मझधारबाट एउटा बाटो नखोजिनु निकै दु:खद हो ।
फलस्वरूप स्थानीयले हिउँदमा धुलो र बर्षायाममा हिलोसंग दिनहुँ साक्षात्कार गर्नुपरेको छ।
अहिले यो सडकमा बनेको खाल्डाखुल्डी र खाल्डाखुल्डीमा जमेको पानीले यो सडक भएर काठमाडौ,पोखरा,बुटवल,पाल्पा,मिर्मी,गल्याङ्ग,लसर्घा कारिकोट लगायत विभिन्न ठाउँमा ओहोरदोहोर गर्ने यात्रु एवं स्थानीयले अनेक सास्ती खेप्नुपरेको छ भने पानी जमेको खाडलमा परेर कयौं बाइक,स्कुटि,अटोरिक्सा लगायत साना सवारीसाधनहरु दैनिकजसो दुर्घटनामा परेका छन।

अन्त्यमा,
वडादशैँ भित्रीसकेको छ । यहि सडक भएर हजारौं श्रद्धालुहरु प्रसिद्ध शक्तिपिठ आलमदेवी मन्दिर दर्शनको लागि आवतजावत गर्दछन। यसर्थ यस स्थानको हिलाम्य सडक र खाल्डाखुल्डी पुर्नका लागि स्थानीय निकायले तत्काल उक्त स्थानमा केही ट्रीपर गिट्टी बिछ्याउने काम गरोस्।
स्थानीय सरकारले गिट्टी,रोड रोलर उपलब्ध गराएको खण्डमा उक्त गिट्टी बिछ्याउन आवस्यक पर्ने श्रमदानका लागि भुष्टुङ्का व्यवसायी एवं स्थानीयहरु तयार छन।
आशा छ निर्वाचित जनप्रतिनिधि ज्युहरुको नाकै मुनिको यो सानो समस्या केही घण्टा भित्र समाधान भएर स्थानीय एवं यो बाटो भएर यात्रा गर्ने यात्रुहरुले हिलो र खाल्डाखुल्डी रहित सुधारिएको सडकमा यात्रा गर्न पाउनेछन्।(माता आलमदेवीले हामी सबैलाई सदबुद्धि देउन्।)

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?