ट्रेन्डीङ्ग

पश्चिम नवलपरासीमा ७६ जना कोरोना मुक्त,२ जनाको निधन

जेठ ११ परासी ।
पश्चिम नवलपरासीमा आज ७६ जना कोरोना संक्रमित मुक्त भएका छन ।यो संगै जिल्लामा कोरोनाबाट निकोको संख्या २ हजार २ सय २२ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार आज सबैभन्दा धेरै सुस्तामा ३२ ,प्रतापपुर ४,सरावल/रामग्राममा २/२, बर्दघाट र सुनवलमा १२/१२ गरि ६४ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै जिल्लामा ३ हजार ७ सय ४ जनामा संक्रमण पुष्टि भएको छ भने संक्रिय संक्रमितको संख्या भने १ हजार ३ सय ६१ रहेको छ ।

बर्दघाट ४ कि ४६ बर्षिय महिला चिसापानी अस्पताल आइसोलेसन र पाल्हिनन्दन ५ का ५५ बर्षिय पुरुष पृथ्वीचन्द्र अस्पतालमा गरि आज २ ज्यान गुमाएका छन् । हालसम्म १२१ जनाको कोरोना संक्रमणबाट ज्यान गएकोस्वास्थ्य कार्यलयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?