ट्रेन्डीङ्ग

जेन्जी पुस्ता र जेष्ठ नागरिक जोड्न उम्मेदवारी : राप्रपा उम्मेदवार प्रधान

परासी । पश्चिम नवलपरासी क्षेत्र २ बाट उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष धुर्व प्रधानले जेष्ठ पुस्ता र जेनेरेशन-जी (Gen Z) उमेर समूहलाई जोड्ने लक्ष्यसहित उम्मेदवारी दिएको बताएका छन।


उनले देशमा बढ्दो वैदेशिक पलायन, सामाजिक असन्तुलन र राजनीतिक निराशा अन्त्य गर्न अनुभवी नेतृत्व र युवा ऊर्जाबीच सहकार्य अपरिहार्य रहेको बताए।

जेष्ठ पुस्ताको अनुभव र युवापुस्ताको सिर्जनशीलता तथा प्रविधिमैत्री सोचलाई एकीकृत गरेर मात्र राष्ट्रलाई स्थायित्व र समृद्धितर्फ अघि बढाउन सकिने प्रधानको भनाइ छ।

प्रधानले परम्परा र परिवर्तनबीच सन्तुलन कायम गर्दै राष्ट्रियता, सुशासन र रोजगारी सिर्जनालाई केन्द्रमा राख्ने प्रतिबद्धता व्यक्त गरेका छन।

प्रधानले हिन्दु राष्ट्र कायम सांस्कृतिक धरोहरको संरक्षण र प्रवर्द्धनलाई पहिलो प्राथमिकतामा राख्ने बताउँदै ऐतिहासिक,धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण,पुनःनिर्माण र प्रवर्द्धनका लागि विशेष योजना ल्याइने बताए। साथै परम्परा,भाषा, कला र संस्कृतिको जगेर्नासँगै पर्यटन प्रवर्द्धन र स्थानीय रोजगारी सिर्जनालाई जोड्ने नीति आवश्यक रहेको प्रधानले बताए।युवा लक्षित कार्यक्रम अन्तर्गत रोजगारी, उद्यमशीलता र सीप विकासमा योजना रहेको उनको भनाई छ।

युवालाई स्वदेशमै अवसर उपलब्ध गराउन सहुलियतपूर्ण ऋण, स्टार्टअप प्रवर्द्धन तथा प्राविधिक व्यावसायिक तालिम सञ्चालन गरिने योजना रहेको छ। नीति निर्माण प्रक्रियामा युवाको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्दै अनुभव र नवीन सोचको समन्वयमार्फत समावेशी विकासमा जोड दिदै आएको बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?