
परासी। हिजो मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीको सभापती पद परित्याग गरेर काग्रेस प्रवेश गर्नुभएका महेन्द्र सेन ठकुरीले समाजले बहिष्कार गरेका व्यक्तिलाई उम्मेदवार बनाएको बताएका छन।
आज एक रेडियो कार्यक्रममा कुरा गर्दे ठकुरीले पार्टी आर्थिक चलखेलमा लागेका कारण छाड्न बाध्य भएको बताए।
क्षेत्र नम्बर दुईका उम्मेदवार नरेन्द्र कुमार गुप्तालाई कुनै हालतमा उम्मेदवार बनाउन हुन्न भनेर अहिलेका जिल्ला उपसभापती, सुनवल नगर सभापती लगायत सबै केन्द्रिय नेतृत्व संग डेलिगेशन गएको बताउदै ठकुरीले अहिले तिनै उम्मेदवारलाई जिताउन लागी पर्नु बिडम्बनापूर्ण भएको उल्लेख गरे ।
तपाईले बिनोद चौधरी संग पैसा लिएर काग्रेस प्रवेश गरेको भन्ने चर्चा छ नी भनि गरिएको प्रश्नमा ठकुरीले त्यसमा कुनै सत्यता नभएको जिकिर गरे।आरोप लाग्नु सामान्य कुरा हो तर आफु पूर्ण रुपमा योगदानको कदर हुने नदेखेर रास्वपा छाडेको ठकुरीको भनाई छ ।
काग्रेसमा के भूमिकामा रहने भन्नेबारे कुनै छलफल नभएको र अहिले चुनावी प्रचारमा केन्द्रित रहेको ठकुरीले बताए।
देशैभर रास्वपा परित्याग गर्नेको लहरले पनि रास्वपा भित्र कुनै पारदर्शिता नभएको स्पष्ट पार्ने पनि उनको भनाई छ।ठकुरीलाई हिजो काग्रेसमा काग्रेस उपसभापति विश्वप्रकाश शर्माले प्रवेश गराएका हुन।











