ट्रेन्डीङ्ग

सडक दुर्घटनामा घाइते अमृत भट्टराईको उपचारार्थ आर्थिक सहयोगको अपिल

भुमही।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२ का सडक दुर्घटनामा घाइते २७ वर्षीय अमृत भट्टराईका लागि आर्थिक सहयोगको अपिल गरिएको छ।भट्टराई गत फागुन १४ गते रामग्राम नगरपालिका-११ रानिपाकडस्थित भुमही-परासी सडकखण्डमा टिप्परको ठक्करबाट गम्भीर घाइते भएका हुन।

 

दुर्घटनामा भट्टराईको टाउकोमा गम्भीर चोट लागेको छ। प्रारम्भिक उपचारका लागि उनलाई बुटवल लगिएको थियो भने थप उपचारका लागि हाल काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनापछि उपचार खर्च अत्यधिक बढेको र बिमा कम्पनीबाट प्राप्त हुने रकमले मात्र उपचार सम्भव नभएको परिवारले जनाएको छ।

भट्टराईको उपचारका लागि भुमहीस्थित रामनगर बजार विकास समितिले आर्थिक सहयोग अभियान सञ्चालन गरेको संस्थाका निवर्तमान अध्यक्ष युवराज भुसालले जानकारी दिए।

 

भट्टराईको उपचारका लागि सबै सहयोगी मनहरूलाई आ-आफ्नो स्थानबाट आर्थिक सहयोग गर्न अपिल गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal