
परासी। नेपाली कम्युनिस्ट पार्टीले पश्चिम नवलपरासीका दुवै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ।
पार्टीले प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट सिन्धु जलेसा (बुढाथोकी) र क्षेत्र नं. २ बाट देवेन्द्र पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
क्षेत्र नं. २ का उम्मेदवार देवेन्द्र पौडेल लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा सक्रिय रहँदै आएका अनुभवी नेता हुन्।
त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ की उम्मेदवार सिन्धु जलेसा २०७० सालमा समानुपातिक प्रणालीमार्फत संविधानसभा सदस्य बनेकी थिइन्।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट टिकट टुंगो लागे पनि अन्तिम समयमा पार्टीले हृदय त्रिपाठीसँग गठबन्धन गरेपछि उनी चुनावी प्रतिस्पर्धाबाट बाहिरिन बाध्य भएकी थिइन्।










