ट्रेन्डीङ्ग

बैजनाथ चौधरी नवलपरासी क्षेत्र नं. २ बाट एमालेको एकल उम्मेदवार सिफारिस

परासी।आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनका लागि पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट बैजनाथ चौधरीलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरी पार्टी केन्द्रमा पठाएको छ।



एमाले लुम्बिनी प्रदेश कमिटीको सचिवालय बैठकले जिल्लाबाट सिफारिस भई आएका नामहरूमध्ये चौधरीको नाम मात्र एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। यसअघि जिल्ला कमिटीबाट चौधरीसँगै श्यामकुमार बस्याल, सरिता पौडेल र भगौती प्रसाद यादवको नाम सिफारिस गरिएको थियो।


पूर्व लुम्बिनी प्रदेश मन्त्रीसमेत रहेका चौधरी २०७० सालमा संविधानसभा सदस्य तथा २०७४ सालमा लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। उनी शंकर पोखरेल नेतृत्वको सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री तथा सरकारका प्रवक्ताको जिम्मेवारीमा रहेका थिए।


२०७९ सालको निर्वाचनमा उम्मेदवार बन्ने अवसर नपाएका चौधरी यसअघि नेकपा एमालेको पोलिटब्युरो सदस्यसमेत रहेका थिए। पार्टीभित्रको संगठनात्मक पकड, राजनीतिक अनुभव र लोकप्रियतालाई आधार मानेर उनको नाम एकल रूपमा सिफारिस गरिएको एमाले लुम्बिनीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal