ट्रेन्डीङ्ग

देशलाई समाजवादको यात्रामा लैजाने हैसियत र नैतिक तागत नेकपासँग मात्रै छ : देवेन्द्र पौडेल

परासी।नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् नवलपरासी पश्चिम-२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवेन्द्र पौडेलले देशलाई समाजवादको यात्रामा लैजाने हैसियत र तागत नेपाली कम्युनिष्ट पार्टीसँग मात्रै रहेको जिकिर गरेका छन। शनिबार नवलपरासीको परासी बजारको आमसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका पौडेलले एकात्मक राज्यको अन्त्य गरी नेपाली विशेषताको संघीयता तत्कालिन माओवादीकै कारण आएको बताउँदै समाजवादको यात्रामा नेपाली कम्युनिष्ट पार्टी नै अग्रमोर्चामा रहने बताए ।



तत्कालिन माओवादी कै कारण मधेशी, थारु, महिलाहरुको अधिकार प्राप्त भएको बताउँदै त्यसको रक्षाका निम्ति नेपाली कम्युनिष्ट पार्टीलाई नै मतदिनुपर्ने बताए ।



‘नेपालको इतिहासमा समावेशी समानुपातिकको विषय उठाउने र कार्यान्वयनमा ल्याउने पार्टी तत्कालिन नेकपा माओवादी हो,’ उनले भने, ‘महिला राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीशसम्म हुन पाउने व्यवस्थाका लागि धेरै जनताको बलिदान छ ।’


उज्यालो नेपालको घोषणा गर्दै देशभर लोडसेडिङ हटाउने काम नेपाली कम्युनिष्ट पार्टीले गरेको बताउँदै सुशासनको पक्षमा सबैभन्दा दृढ रुपमा उभिने पार्टी नेपाली कम्युनिष्ट भएको दोहोराएका छन् ।




ठूलो संख्यामा किसानहरुको बैंकको लोन मिनाह गर्दै राहत उपलब्ध गराएको स्मरण गराएका छन् ।समुदायको अधिकार र हितको कुरा संविधान संशोधन गर्दै अगाडी बढाउने बताउँदै महेशपुर नाकादेखि पाल्पा हुँदै कालिगण्डकी करिडोरमा जोड्दै चीनको सिमाना लोमाङथाङ पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।


तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सक्रियतामा रामग्राम स्तुपालाई २५ अर्ब रुपैयाँ बजेट विनियोजन भएको बताउँदै त्यसलाई कार्यान्वयनमा लैजाने बताए ।


‘लुम्बिनीमा आएका पर्यटकलाई रामग्रामको स्तुपामा ल्याउन सकिने गरी योजना बनाएको छु,’ उनले भने, ‘तत्कालिन प्रधानमन्त्री प्रचण्डले २५ अर्ब रुपैयाँ बजेट विनियोजन गर्नुभएको थियो । विविध कारणले रोकिएको छ । त्यसको कार्यान्वयनमा कटिबद्ध भएर लाग्छु।’


कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य घनश्याम यादव, सुरेन्द्र पटेल, भविश्वर तिवारी, दुलारी हरिजनलगायतले बोलेको थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal