बुटवल।आज भन्दा करिब ७ महिना अघि देश भर रास्ट्रघाती अमेरिकी प्रयोजन एमसिसिका विरुद्ध हेरक,गाउँ सहरका चोकहरु उर्लिदै थिए । त्यस बखत बुटवल पनि अछुत रहेन । हेरेक साझ मिलन चोक , चौराह ,बसपार्कमा राके जुलुस बोल्ने गर्थे ! सयौं प्रदर्सनकारी गिरफ्तार हुन्थे।अमेरिकी साम्राज्यवादका विरुद्ध हेरक दिन साना ठुला कार्यक्रम भैइ राख्थे ।कहिले स्वतन्त्र रुपमा नागरिक आन्दोलन हुन्थिए भने कहिले संयुक्त रूपमा संसदवाद बिरोधि कम्युनिस्ट पार्टि र विभिन्न मोर्चाहरुको कार्यक्रम हुन्थियो । हेरक आन्दोलनमा म पनि सहभागी हुन्थे।संगठनको पदाधिकारी भएको कारण मेरा विभिन्न जिम्मेवारी थिए।कार्यक्रमले भ्याइ नभ्याइ थियो।
त्यसै बखत सङ्गै अध्ययन गर्ने साथीको फोन आयो। साथिको दिदिको बिहे हुने भएछ । दिदी सङ्ग पनि म एकदम नजीक थिए । दिदिले जसरी भए नि मेरो बेहेमा आउ है भन्नू भो । कार्यक्रमको चाप भएता पनि त्यो भन्दा पहिल्यै म आउछु भनेर भनेको थिए। म हार्न सकिन म जाने निर्णय गरे । मैले परिवार सङ्ग सल्लाह गरे तर साथी दलित समुदायका हुन भन्ने कुरा थाहा पाउन साथ मलाई सजिलै जान रोक्नु भयो तर म अलि अटेरी स्वाभाव भएका कारण रोक्न सम्भव भएन । म अर्को दिन नै हिडे बुटवल बाट करिब ७ घण्टा लाग्ने उक्त ठाउँ पहाडी क्षेत्र हो। म करिब ५ बजे उक्त गाउँमा जाने गाडी लाग्ने ठाउँ अर्थात बेसि सहर पुगे ।बेसि सहरदेखि करिब १ घण्टा लाग्ने उक्त ठाउँमा साझँ पख हिड्दै,उकालो ,एक्लै जङ्गलको बाटो जान सम्भाव नै थिएन। त्यैतिकैमा म साथीलाई फोन गरेर म बेसि सहर आएको कुरा बताए । साथिले हामिहरु गाडी ल्याएर बिहेको समान ल्याउने त्यहीँँ बेसि सहर आएको छम भन्ने कुरा गरे । उनिहरु आउन बेला सम्म नजिकैको चौतारिमा बसेर शित्तल हावा सङ्गै झोलामा भएको संघीयता र अर्थ राजनीति नामक बिनोद न्यौपाने पुस्तक अध्यन गर्दै बसे। केही बेर मै साथी सङ्ग भेट भो । उक्त सहरमा बिहे हुन लागेकि दिदिको सिँलाइ कटाइ पसल पनि भएको कारण त्यहाँका स्थानीय पसलवालाहरु सङ्ग राम्रो चीन जान रहेछ। त्यसकारण बिहेमा लाग्ने सम्पुर्ण समान अर्थात दाइजो उधारो मै किन्नु भो। एकै पटक गाडिमा न अट्ने दाइजो दिन लागेको देखर म छक्क परे अनि साथिलाइ भने यति धेरै खर्च के का लागि ऋण लाग्ने गरि बिहे गरेर भोलि तिमिलाइनै गाह्रो हुन्छ । साथिले मुसुक्क हास्दै यो त केही पनि होइन प्रेम बिवाह भएर भेनाजुले धेरै माग्नु भएन मागी बिहे भएको भए त अझै धेरै हुनि थियो। त्यति सुन्न साथ म केहि बोलिन र सोच्दै बसे अर्थिक स्थिति यस्तो छ अब कसरि तिर्लान त्यसैमा साथिको दाइ पहिल्यै नै बिहे गरेर छुट्टीएर बस्नु भएको छ ।
म आफूलाई अझै केटा केटि जस्तो लाग्छ साथिले परिवारको सम्पुर्ण जिम्मेवारी बोकेको देख्दा अचम्म पनि लाग्यौं । त्यतिकैमा गाडि उकालो लाग्यौं जङ्गल कटेपछि केही समय पछि उक्त गाउँका ब्राह्मण समुदायका घरहरु आउन थाले ब्राह्मण बस्तीसम्म मोटर सहजै जादो रहेछ तर उक्त बस्ती कटे पछि भने बाटो नजाने रहिछ । दलित समुदायको बस्ती सम्म सडक नभएको कारण साथिले आफ्ना दाजु भाइलाई फोन गरेर बोलाउन साथ ८/१० जना दलित साथीहरु आएर सब समान बोकेर गए त्यो देखेर मानसपटल भरी एउटा कुरा खेली राख्यौं कि हाम्रो ब्राह्मण समुदायमा सामुहिक कार्य गर्न बेला बहाना बाजि,झारा टार्थे तर दलित समुदाय त्यस्तो नहुँदो रहेछ सबै मिलेर काम गरेको देख्दा खुसी पनि लाग्यौं।
हामी बिहे घर पुग्दा आमा समुहको छुट्टै मिलो मिसो थियो कोहि रोटि पकाउन,कोहि अचार बनाउन ब्यस्त हुनु हुन्थियो भने पुरुष टोलि कोहि रक्सी र पडाको मासु खादै मस्त भलाकुसारी मै,कोहि केराका थम्मन बोक्दै त कोहि घर सझाउन। पाउन आउन साथ छुट्टै सम्मान गरेको देख्दा म झन उस्साहित भए खुसी पनि लाग्यौं । पहिलो दिनको काम हरु सकेर सबै जना आफ्नो आफ्नो घर जान साथ सुनसान झै भो बिहे घर माइजुहरु ,ज्वाइँ र हामी गरि ७/८ जना मात्र बाकी रयौँ।
केही समय पछि खाना खाने समय भयो सबै पुरुषलाई खान दिएर बल्ल महिला टोलिले खान पर्छ भन्ने पितृसत्तात्मक सोच अझ गढेर बसेको देखेर खिन्नता बोध भयो । थालै भरी भात र पडाको मासु पस्केर मेरो अगाडि ल्याउनु भो दिदिले अब कहिल्यै नखाएको पाडाको मासु खानै सकिन र भने म दाल सङ्ग मात्र खान्छु है भने भन्न साथ सबैले खानु खानु भन्दै हुनु हुन्थियो तर म एक दुई चौटा भन्दा खानै सकिन त्यो देखेर साथिले हास्दै बाहुनले चेउ खाउस न भेउ पायोस भन्ने टुक्का हान्ना साथ त्यँहा रहेका पाउनाहरु छक्क परेर हेरि रहे। म ब्राह्मण समुदायको भन्ने थाहा नै रहेनछ । साथिले त्यो कुरा बताएको रहेनछन् । त्यहाँ मध्य एक दिदिले बाहुन छोरा भएर पनि हाम्रो भान्सामा आएर खान खादै हुनु हुन्छ अरु त हामिले छोएको पानी सम्म खादैनन भन्नू भो त्यो सुन्ना साथ मलाई आफ्नै समुदाय माथि र आफू ब्राह्मण भएको कारण खिन्नता बोध भयो।
एकछिन पछि म कुरा थपे जात भात मान्छेले बनाएको हुन । मानिस सबै एउटै हुन भन्दै उहाँहरुले बुझ्ने शैलीमा
जातब्यवस्था,ब्राह्मणवाद,दलित समुदायको इतिहास ,दलित आन्दोलनको विषयमा केही कुरा बताए । उहाँहरुले कती सम्म बुझ्नु हो थाहा भएन तर हमा ह चाहिँ मिलाउदै मैले भनेकै कुरामा समर्थन गर्दै हुनुहुन्थ्यो।
पुरुष टोलिको खाने कार्यक्रम सकिए पछि महिला टोलि खान बस्नु भो। मलाई चाहिँ दिदिले बिस्तारा तयारी गर्दिनु भएको रहिछ। धेरै खाट र कोठाहरु थिएनन् तर बुझ्दै जादा सबै पुरुष खाटमा सुत्ने अनि महिला चाहिँ भुइँ मै सुत्ने कुरा चल्यौँ। अरु समुदायमा भन्दा झन बडि महिलाहरु पुरुषको दमन सहेर बसेको देख्दा पितृसत्ता अर्थात् आफ्नै सत्ता विरुद्ध अझै सशक्त भएर लड्नु पर्छ भन्ने अठोट लिए।
महिलाहरु आफुलाइ परेको दमनका विरुद्ध प्रतिरोध गर्नु पर्छ भन्ने कुरा भन्दा नि पुरुषको शासन सहेर,पुरुष कै सेवा गरे धर्म हुन्छ भन्ने सोच रहेछ। एक छिन पछि म बिस्तारा तिर लागे तर निद भने पटक्कै लागेन ११ बजेअरु सबै भोलिको तयारीमा जुट्दै हुनु हुन्थियोँ म भने अघिका कुराहरु सोच्दै डायरिमा टिप्दै गरे १२ बझ्न लाग्न थाल्यौं म सुत्ने तर्खरमा थिए साथि आए।म निदाको जस्तै गरे तर निकै बेर सम्म पनि उनी नसुति केही लेख्दै पैसा गन्दै गरेको देखेर म निद मै उठेको झै गरे बुझ्दै जादा भोलिको लागि तयारी गरेको पाए।
यत्तिकै साथिले ठूलो खाता र एक मुठी पैसा मेरो हातमा थामाइदिदै भने कि यो काम तिम्रो हो भोलि मरो अरु काम हुन्छ तिमिले को को ले जिन्सी सामना (दाइजो) दिए,नगदको को दिए भनेर यसमा लेख्ने हो भन्दै थिए। म मुसुक्क हास्दै यो काम म बाट फत्ते हुदैन भने तर उनेले जवाफ फर्काए अरुले जान्दैनन् म अरु काम गर्दा ठिक्कै हुन्छ यति त गर्दिनी परो भने साथी भन्दै थिए।
म हार्न सकिन मन मनै कस्तो काममा फसायौँ भन्दै सोच्दै थिए । गफ गर्दा गर्दै हामी निदाएछौँ।राती मेरो अचानक निद खुल्योँं बाहिर निस्केर सौचालय जाँदै थिए अलि पर बारिको कुनामा भोलि बेहेको लागि लगाएको टेन्टमा साथी भाइहरु बोल्दै गरेको आवाज आयो। यत्तिकैमा म सुस्त सुस्त नजिक गएर हेर्दा १५ /१६ बर्ष का भाइहरु रक्सी र चुरोट खादै एक अर्कालाइ उडाउदै थिए। मैले सोधे किन यता सुतेको भन्दा दाइ कुर्सी,टेवुल,भाडा कुर्नु पर्छ त्यै भएर यता सुतेको भन्दै थिए ।
म अझै नजिक गएर उनीहरुको विषयमा केही बुझ्न खोजे । उनिहरु कोहि १० मा अध्यन गर्ने विद्यार्थी रहेछन भने कोहि अध्यन छ्डेर बसेका , कोहि भारत बाट छुट्टीमा आएका रहेछन । यति सानो उमेरमा पढाइ छोडेर परिवारको जिम्मेवारी उठाउने पर्ने बाध्यता देखेर दुख लाग्यौं । उनीहरु मध्य कतिले पढ्न मन हुँदा हुँदै पनि जिम्मेवारीले अध्यन छोड्न परो भन्दै थिए भने कोहि मलाई पढनै आएन के दाइ त्यै भएर छोडेको भन्दै थिए।
उनिहरुलाइ मैले प्रती प्रश्न गरे के कारण गर्दा यस्तो परिस्थिति आउँछ थाहा छ तिमिहरुलाइ भने थाहा भएन भने । उनिहरुलाइ केही बेर देशको समसामयिक राजीनितिक विषय, नवउदारवादी अर्थतन्त्र र पुजिवादि चुनाव प्रणालीका बारेमा बताए । त्यहाँ मध्य एक जाना भाइले म विद्यार्थी आन्दोलन मै भएको कुरा थाहा रहेछ अनि भन्दै थिए दाइ बुटवल तिर केही काम लगाइदिनु न तपाईंले चिन्नु भएको छ त्यैता यहाँ बसेर पनि केही गर्न सकिएन भन्दै थिए । भाइ हरुको कुराले मलाई भावविह्वल बनायो । केही बेरको भलाकुसारी पछि म सुत्न आए । र भोलिपल्ट बिहानै ५ नबज्दै बाहिर गाइँगुइँ गरेको आवज आयो ।
त्यसपछि निद परेन मलाई यसो हेर्छु भनेको साथी त उठेर काम तिर लागि सकेको पाए। म पनि केही बेर पछि उठेर र हात मुख धोएर चिया पिउने तर्खरमा लागे त्यति बेला सम्म छिमिकिहरु आएर आफ्नो आफ्नो काम गर्दै थिए । केही बेर पछि गाना बजाना सुरु भयो कोहि गाउदै थिए , कोहि नाच्दै ,कोहि बजाउदै उनिहरुको त्यो लोभ लाग्दो सस्कृती देखेर आनन्दित भए । अनेक किसिमका बाजाहरु, मौलिक सस्कृती र संगीतको रक्षा गरेको देख्दा खुसी लाग्यौं । त्यतिकैमा एउटा नौलो कुरो थाहा पाए कि उनिहरुको समुदाय भित्र पनि पण्डित हुदा रहेछन् । म त्यो पण्डित के चाहिँ गर्दा रहेछन् भनेर नजिक बाट नियाली रहेको थिए । हाम्रो समुदाय तिर जस्तै गरि ठुलै स्वरमा मन्त्र हो कि खै के के भन्दै थिए म केही बुझिन । बुझ्दै जादा दलित समुदायहरु भित्र पनि तह तह हुदो रहेछ । त्यस भित्र झन बढि विभेद रहेको कुरा थाहा पाए । उसले छोएको उले नखाने,यो चल्दैन,त्यो चल्दै भन्दै थिए । त्यो देखेर मैले अझै अध्ययन गर्न धेरै बाकी रहेछ भन्ने लाग्यौं । त्यसपछि पाहुना आउन सुरु हुना साथ मेरो काम पनि सुरु भो टेवलमा खाता र पैसा राखेर म हिसाब किताब तिर लागे । पाहुना मध्य अघिकांसले ५०० र केही १००० र कोहिले नगद सहित जिन्सी सामान दिदै आफ्नो नाम छुट्ला कि भनेर नियालेर हेर्दै थिए । म नयाँ भएको कारण धेरै जनाले नबोली सरासर नाम टिपाउदै गए। करिब १ बज्न लागेको हुँदो हो भोकले लखतरान भए म साथिलाइ भनेर खाने मेसो गरे । अलि पर हिजो टेन्ट लागेको ठाउँमा मगर समुदायको भोज रहेछ यता दलितको उता का यता नखाने यताका उता नजाने त्यो देख्दा उराठ लागेर आयो।
साथी आफ्नै समुदायले पकाएको ठाउँमा लगे त्यहाँ पाडा पाकेको रहेछ। मैले भने साथी म सक्दिन है यो खान भन्दा साथ बाख्राको त खान्छौ नि भने उम्म खान्छु भने र मगर समुदायको भोज तिर लगे ।
टाढैबाट यिनिलाई खान दिनु है हाम्रा पाउनु हुन भनेर उनी बिहेको मन्डप तिर फर्के म सरासर गए । सबैले आफै पस्किदै खादै थिए । टेवलमा भएका थाल लिएर म पनि आफै गए तर मलाई रोक लगाइयो मैले सोचे पाउना भनेर आफै दिन लागिन कि मगर दिदीले भनेर तर त्यसो रहेनछ भन्न्ने कुरा थाहा भए जब उनले भुइँमा थाल राखेर खाउ भने पछि म झसङ्ग भए के गरेको होला भनेर पानी पनि भुइँमा राखेको देख्दा म अचम्म परे । खान त परो भनेर कुर्सि लिन जादा उतै बस कता यता आएको भनेर भन्दा म अल्लमल्ल परे । यसो हेरेको दलित समुदायका पाडा नखाने साथीहरु बारिको डिल् मै बसेर खाएका रहेछन म पनि उनीहरु सङ्गै बसेर खाए।खादै सोच्दै गरे म एक दिन दलित हुँदा त यति सम्म भोग्नु पर्यौ भने बास्तबिक दलितहरुले सदियौँ देखि कती सम्म सहेर आएका होलान।
आफू कथित उपल्लो जात भएको हुँदा आफ्नै जात समुदाय माथी घृणा जागेर आयो। खाना खाए पछि म आफ्नो काम तिर गए । त्यो कुरा साथीलाई पनि बताइन् । साझ परो काम सकिए पछि हिजो राति टेन्टामा बस्न एक जना भाइ सङ्ग म गाउँ घुम्न गए घुम्दै जदा बाहुनी बजै भनेर चिनिने घर आयो । त्यो भाइले सधै त्यो बाटो हिड्दा भैसिको मुइ खादो रहेछन् त्यस दिन पनि आमै मुइं छ किनै,कहिले पारेको भनेर सोधे । आमाले आजै पारेको खानि भए आ भनेर बोलाउन साथ भाइ गए। आमैलेको हौ तिमी भनेर भन्द म पाउन हो बिहे खान आएको भने मलाई नि खान मन लागेर गए भैंसीको मीठो मुइं मज्जा सङ्ग दुई दुई गिलास खाएर सक्न साथ भाइ गिलास माझेर आगनको डिलामा सुकाए मैले लौनु भनेर हातमा दिन खोज्दा उ त्यहा डिलामा राख भन्नू भो म सरासर डिलमा राखेर हिडेँ। आउँदा बाटो भरी बाहुनी आमैले गरेको ब्यवहारले झस्कनु झस्कायो ।
बिहे घर आउदा साथिले मलाई खोजेका रहेछन घुम्न गएर आएको कुरा बताए ।त्यतिकैमा झमक्कै साझ परो । पाउनहरु सब आफ्नो बाटो लागे रहेका पाउनाहरु मध्य पुरुषहरु मदिराले उफ्रिनु उफ्रेका थिए।कोहि आफ्नै श्रीमतीलाई हप्काउदै थिए ,महिलाहरु कोहि भर्खर सम्बन्ध बिच्छेद भएको कुरा गर्दै दिदी बहिनि सङ्ग गुनासो गर्दै थिए , कोहि दिदिको बिहे भएको कारण निरस थिए भने कोहि अब बसाई गरि बुटवल जाने भन्दै थिए। र त्यो रात त्यसै गरि बित्यौँ अर्को दिन म बुटवल फर्किए।
समग्रमा भन्नू पर्दा दलित समुदायका थुप्रै सकारात्मक विषयहरु पनि छन उनिहरु सामुदायिक जीवन मन पराउछ्न ,आफ्नो सस्कृतिको रक्षा गर्छन् , सहयोगि भावनाका छन,मागी विवहा भन्दा प्रेम बिवाहालाई जोड दिन्छन, केही हतसम्म पितृसत्ताका विरुद्ध गएको देखिन्छ तर बाहुसायबहरुको देखेर बुडालाई तिमी भन्नै महिला पनि अचेल हजुर तपाईं तिर सरेछन,मदिरा खाएर झगडा गर्दा प्रतिरोध गर्ने स्वभाव भएका महिलाहरु दमन सहेर बस्न लागेछन,बाहुसायवहुरु कै देखेर आफू भन्दा जातीय हिसाबले तलको छ खोज्दै विभेद गर्दै हिड्दैछ्न,दाइजो नदिइ हुन्न भन्ने सोच अझै देखिन्छ,महिलाहरु पनि शिक्षाको अभावले गर्दा धूम्रपान र मदरी सेवन गरेको पाइन्छ बेरोजगारी,धेरै सन्तान देवताको वरदान ठान्छ, जन्माअन्तरको विषयमा उचित ज्ञान नभएको,सरसफाइमा ध्यान नदिनु,परिवार नियोजन विषयमा उचित ज्ञानको अभाव,छोराछोरीमा विभेद।
अत;पुजीवादी ब्यवस्था,जात ब्यवस्था र पितृसत्तात्मक राज्य ब्यवस्था हुन जहिलेसम्म दलित मात्र होईन उत्पीडित समुदाय कसैको पनि उत्पाडन हट्दैन।यदि यो लेख मेरो प्यारो मित्र सम्म पुगेछ र केही पुर्वाग्रह समेटेर लेखेको जस्तै मान्नौ भने माफ गर्दिनु है। मैले केवल समाजको चित्र देखाउन प्रयास गरेको हो ।धन्यवाद
(लेखक पवन ज्ञवालि विधार्थी एवं सामाजिक अभियान्ता पनि हुन् ।)