ट्रेन्डीङ्ग

विप्लव नेकपाद्वारा कालिकोटमा राजनिती गतिविधि तिव्र

साउन ११ कालिकोट । विप्लव नेतृत्वको नेकपा कालिकोट पचालझरना गाउकमिटीको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

गाउकमिटी ईन्चार्ज दिलमानको अध्यक्षता जिल्ला सेक्रेटरी रणदिपको प्रमुख आतिथ्यता कार्यालय सचिब निर्भिक युवा संगठन नेपालको जिल्ला उपाध्यक्ष मिनेश शहिद परिवारको आतिथ्यतामा सम्पन्न प्रशिक्षण कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथी रणदिपले बर्तमान ब्यबस्थामा आएको संकटको समाधान संसदिय तरिकाले होईन जनमत संग्रहबाट हल खोज्ने बेला आईसकेकोले जनमतसंग्रह र जनमत संग्रहबाट प्राप्त हुने बैज्ञानिक समाजवादले मात्र समाधान गर्ने भएकोले यस्को बिषयमा जनतालाई सुसुचित पार्न सक्रियभएर लाग्न निर्देशन दिनुभयो । यदी देशलाई यो निकासबाट हलखोज्ने होईन भने देश रहनेकी नरहनेको दोसादमा जाने खतरा आएकोले जनतामा नयाँ जागरण ल्याउन 2 महिना निरन्तर जनतामा जानुपर्ने आबश्यक्ता औंल्याउनु भयो ।

उक्त प्रशिक्षणमा प्रत्यक वडाका ईन्चार्जहरुले भए गरेका कामहरुको रिर्पोट राख्नुका साथै प्रशिक्षणमा साबिकको बदालकोट नानिको र राम्नाकोट गाबिसबाट करिब १०० भन्दा बढी  जनाको उपस्थिती रहेको थियो ।

उक्त प्रशिक्षण पछी बसेको बैठकले २ महिना राजनितीक तथा संगठनात्मक अभियान संचालन गर्ने निर्णय सहित प्रशिक्षण कार्यकमका सभापती दिलमानमा कार्यक्रम सम्पन्न भएको जिल्ला कार्यलय सचिव निर्भिक शाहीले जानकारी दिनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?