ट्रेन्डीङ्ग

सुनवलको किर्तिपुरमा दोश्रो वडा अध्यक्ष कराते प्रतियोगिता सुरु

कराते खेल्दै : तस्बिर दिपक परियार

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा वडा अध्यक्ष कप जिल्ला स्तरीय कराते प्रतियोगिता सुरु भएको छ।कराते डोजो सुनवल-३ किर्तिपुर-२ को आयोजनामा तथा सुनवल नगरपालिका वडा नं ३ वडा कार्यालयको आर्थिक सहयोगमा दोश्रो वडा अध्यक्ष कराते प्रतियोगिता शुक्रबारदेखि सुरु भएको हो।दुई दिनसम्म चल्ने प्रतियोगितामा २५ केजी देखि ६७ केजी समुहका महिला पुरुष गरि सुनवल नगरपालिका सहित जिल्ला भित्रका १ सय जना बढी खेलाडीको सहभागी रहेको कराते डोजो शाखा किर्तिपुर संयोजक कमला राना जानकारी दिईन। प्रतियोगितामा हरेक विधामा उत्कृष खेलाडीलाई पुरस्कार प्रदान गरिने रानाले बताइन।उद्घाटन कार्यक्रममा सुनवल नगरप्रमुख विमला अर्यालको प्रमुख आतिथ्यता,सुनवल वडा नम्बर ३ का अध्यक्ष पविन गुरुङ,जिल्ला खेलकुद समिति नवलपरासी जिल्ला अध्यक्ष रितमान कामु मगर,अन्तराष्ट्रिय रेफी एव कार्यक्रमका रेफ्री संयोजक सयोजक गणेश बहादुर थिंग लगायतको उपस्थिति रहेको डोजो शाखाकि कोषाध्याक्ष प्रतीक्षा रानाले बताईंन।
तस्बिर:दिपक परियार

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal