ट्रेन्डीङ्ग

सामुदायिक विद्यालय व्यवस्थापन महांसघ रामग्रामको प्रथम अधिवेशन सम्पन्न

परासी।सामुदायिक विद्यालय व्यवास्थापन समिति रामग्राम नगरको प्रथम अधिवेशन सम्पन्न भएको छ।अधिवेशनले लक्ष्मण यादवको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ।

जसको उपाध्यक्षमा विनोद लाल गुप्ता,सचिवमा विरेन्द्र ठाकुर,कोषाध्याक्षमा डा.प्रसाद यादव र सगसचिवमा राम नरेश यादवलाई चयन गरेको नवनिर्वाचित सचिव विरेन्द्र ठाकुरले जानकारी दिए।त्यसैगरि सदस्यहरुमा क्रमशःपशुपति चौधरी,भागीरथी यादव,चन्द्रिका केवट,अवधराज यादव,गोविन्द यादव,दुर विजय यादव,कौलेशर यादव चयन भएका छन।

लक्ष्मण यादवको अध्यक्षता तथा सामुदायिक विद्यालय व्यवस्थापन महासघका केन्द्रीय सदस्य रामबहादुर क्षेत्री,लुम्विनी प्रदेश उपाध्यक्ष सुर्य प्रसाद न्यौपाने,नवलपरासी जिल्ला अध्यक्ष रमेश बस्याल र सुनवल नगर अध्यक्ष ज्ञानहरि अर्याल,सुस्ता अध्यक्ष नारायण पाण्डे,पाल्हिनान्दन अध्यक्ष त्रिलोकि गुप्ता,शिक्षक महांसघ हेमत कुमार यादव लगायत विभिन्न विद्यालय व्यवस्थापन समितका अध्यक्षहरुको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?