ट्रेन्डीङ्ग

२३ औं राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगिताको उपाधी गण्डकी प्रदेशलाई

रोल्पा। २३ औं राष्ट्रिय आईटीएफ तेक्वान्दो प्रतियोगितामा टिम च्याम्पियन गण्डकी प्रदेश बनेको छ । गण्डकी ९ स्वर्ण,५ रजत र ५ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो।
नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (एनआईटीएफ) को आयोजना तथा रोल्पा जिल्ला तेक्वान्दो संघको सहआयोजनामा भएको प्रतियोगितामा ८ स्वर्ण, ४ रजत र ३ कांस्यसाथ नेपाल एपीएफ क्लब दोश्रो भयो।तेश्रो स्थानको लुम्बिनी प्रदेशले ४ स्वर्ण, ४ रजत र १० कांस्य हात पार्‍यो।

रोल्पा जिल्लाको परिवर्तन गाउँपालिकामा भएको प्रतियोगिताको पुरुषमा एपीएफका सुनिल महतो तथा महिलामा सुस्मिता थापा मगर उत्कृष्ट खेलाडी घोषित भएको आइटिफिएफ लुम्बिनी प्रदेश अध्यक्ष रितमान कामु मगरले जानकारी।त्यसै गरि प्रतियोगितामा लुम्बिनी प्रदेशको तर्फबाट सहभागी हुदै पश्चिम नवलपरासी बर्दघाट -९ कि रोशनी कुमारी चौधरीले ६०/६५ केजि तौल समुहमा स्वर्ण , ५५/६० केजि तौल समुहमा गोमा थारुले तेस्रो स्थान र ७५/८० तौल समुहमा सागर कुमालले तेस्रो स्थान हासिल गरेका थिए ।

विजेतालाई आयोजक महासंघका अध्यक्ष प्रवीण कार्की, उपाध्यक्ष एवं प्रमुख प्रशिक्षक उमेश राजथला लगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal