ट्रेन्डीङ्ग

बैकर्स एशोसिएसन बर्दघाटको अध्यक्षमा भारती

बर्दघाट।पश्चिम नवलपरासीको बर्दघाटमा बैकर्स एशोसिएशनको भेलाले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको छ।

बैंकर्स एशोसिएशन बर्दघाटको अध्यक्षमा एनएमबी बैंक बर्दघाट शाखा प्रबन्धक रामकुमार भारती सर्वसम्मत निर्वाचित भएका छन।

जसको उपाध्यक्षमा प्रभु बैकका शाखा प्रमुख गणेश बहादुर पछाई सचिवमा ज्योति बिकास बैकका शाखा प्रमुख नारायण विश्वकर्मा कोषाध्यक्षमा वेष्ट फाइनान्सका शाखा प्रमुख विष्णु श्रेष्ठ सदस्यहरुमा सिद्धर्थ बैकका शाखा प्रमुख कमल पौडेल, रक्षक भण्डारी(कामना सेवा) संगम जिसी(ग्लोबल आईएमई) हिरामणि पराजुली (गरिमा विकास) टुल्क प्रसाद काफ्ले (प्राईम बैंक) रामचन्द्र कडरिया (एनआईएमबी) र मनोज ज्ञवाली (सिटिजन्स बैंक) सर्वसम्मत भएका छन ।

नवनिर्वाचित अध्यक्ष भारतीले कार्य अनुभवको आदानप्रदानले बैंकिङ्ग क्षेत्रमा देखिएका समस्याहरुको समाधान सहजीकरण गर्ने बताए । “बैकिङ्ग क्षेत्रमा राम्रो अनुभव सङ्गालेका साथिहरुको कार्य अनुभवले बर्दघाट क्षेत्रको बैकिङ्ग व्यवस्थित र थप मर्यादित बनाउन सकिने नवनिर्वाचित अध्यक्ष भारतीले बताए ।

बर्दघाट नगर क्षेत्रमा २३ भन्दा बढी कर्मसियल बैक र बिकास बैंकहरुले शाखा खोली करोवार गरीरहेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?