ट्रेन्डीङ्ग

नवलपरासी बी डिभिजन नआउट फुटबल प्रतियोगिता जेठ ६ गतेदेखि हुने

सुनवल।पश्चिम नवलपरासीको सुनवलमा वि डिभिजन नकआउट जिल्ला स्तरीय फुटबल प्रतियिगिता हुने भएको छ।जिल्ला फुटबल संघको आयोजना र जेनिथ युवा क्लवको सहआयोजनामा जेठ ६ गतेदेखि ८ गतेसम्म सुनवलको किर्तिपुर १ को खेलमैदानमा नक आउट फुटबल प्रगीयोगिता हुने जनाएको छ।

प्रतियोगितामा सरावल खेलकुद सस्थांन सरावल-३ , साझा युवा क्लब रामग्राम -१२ ,भैरव स्पोट्स क्लब बर्दघाट -१० शिव नेपाल किसान क्लब बर्दघाट-१२ ,नव किसान युवा क्लब बर्दघाट -१६ गरि जिल्लाका ५ क्लब सहभागी हुने जिल्ला फुटबल संघका महासचिव सुबिन्द्र कवर योगिले जानकारी दिए।लिग विजेताले नगद २० हजार रुपैयाँ र उपविजेताले १० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ।

विधागत उत्कृष्ट गोल रक्षक,सर्वाधिक गोलकर्तालाई उत्कृष्ट पुरस्कार प्रदान गरिने जनाइएको छ।बि डिभिजन लिग सकिय लगत्तै ए डिभिजन लिग पनि सोही मैदानमा सन्चालन गरिने आयोजकले बताएका छन।बि डिभिजन लिग मा प्रथम हुने टिम ए डिभिजन लिगमा सामेल भई खेल्न पाउने छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?