ट्रेन्डीङ्ग

नवलपरासी सेवा समाज युएईले अक्षयकोष स्थापनालाई निरंतरता दिने

परासी।नवलपरासी सेवा समाज युएई नवलपरासीमा अक्षयकोष स्थापनालाई निरंतरता दिने भएको छ।“सामाजिक र मानवीय हितमा भाग लिनु नै हाम्रो उदेश्य हो”भन्ने मुल नाराका साथ स्थापित समाजले बर दुबइको पिंकी रेस्टुरेन्टमा नवलपरासी सेवा समाज युएइका अध्यक्ष भुपराज डुम्रे अध्यक्षतामा बैठक बसि सरावल गाउँपालीका वाड न २ अट्रहटी स्थीत श्री सुबन्शी कन्या आधारभुत विद्यालय अक्षयकोष स्थापना गर्ने निर्णय गरेको छ।

विद्यालयको अवस्था र बिद्यार्थीहरुको पठनपाठनलाई मध्यनजर गर्दै अक्षयकोष स्थापना गर्ने निर्णय गरेको नवलपरासी सेवा समाज युएईले जनाएको छ।

त्यस्तै अक्षकोष स्थापना गर्न सहयोग गर्ने नवलपरासी सेवा समाज युएई आवद्ध सम्पुर्णलाई धन्यवाद व्यक्त गरेको छ भने समाजमा नयाँ सदस्य रुपमा जोडिनेहरुलाई बैठकले अनुमोदित गरेको छ।

बैठकमा कार्यसमितिका सम्पूर्ण पदाधिकारी कोपिला सापकोटा,दिपक पाण्डे,अतित भुसाल,अर्जुन कार्की,कृष्ण तिवारी, सुनिल पाण्डे,हरि पाण्डे,कृतन श्रेष्ठ,पार्वती पंगेनी,मुना सापकोटा,सुर्य पौडेल,सन्दीप न्यौपाने,हरि न्यौपाने, भिम भट्टराई, हेमराज डुम्रे, सक्रिय सदस्यहरु एवम आजिवन सदस्य ज्युहरुको बाक्लो उपस्थिति रहेको महासचिव अशोक डुम्रेले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?