ट्रेन्डीङ्ग

मुक्तक मार्फत सुगर रोगीलाई प्राकृतिक उपचार-श्रेष्ठ

कवि एवम् साहित्यकार तारा प्रसाद श्रेष्ठ लेख्नुभएको संगलित मुक्तकको एक अंश यहाँ जस्ताको जस्तै राखिएको छ।

घुमाउरो पारामा लेख्नुभएको मुक्तक को अंश यहाँ जस्ताको जस्तै राखिएको छ।

“हजारका कुरा बजारमा आए
छापा विद्युतले मसला पाए
सुगरका रोगी मित्रहरुले
हलुवाई सँग मितेरी लाए।

सित्तैमा पाए भनेर, मिठाई नखानुहोला
भुलेर पनि हलुवाई पसल नजानुहोला
किनभने? म पनि सुगरको रोगी हूँ
रोग निम्त्याउने भीडमा नजानुहोला।

स्यालको बिहेमा जन्ती जाँदैछन्
मिठाई ल्याउने झोला लादैछन्
भजनमण्डली भक्त सारा
सुगरका रोगी मित्रहरुले मिठाई खाँदैछन्

सुन्नुहोला सबैले ध्यान दिएर
प्राकृतिक उपचारको ज्ञान लिएर
बजारमा सुगर फ्री पाइन्छ
हेर्नुहोस् शुद्ध उमालेको पानी पिएर।

मिठाई का पारखीहरुलाई,सुगरको डस्ने छ
प्रभाती उषा ढाक्न,हुस्सु भनेर पस्ने छ
आजका जन्ती भोलिका मलामी बन्दैछन्
सूर्य ढाक्ने हुस्सु,तुषारो भनेर खस्ने छ ।

न उज्यालो दिन्छ, नजाडो भाग्छ,आकासे तारा गनेर
यस्तो गणितको महत्त्व हुन्छ,के भनेर?
एउटै होस् सूर्य,जाडो भगाउने,उज्यालो छर्ने
न्यानो घाम तापौला,सुगरका रोगी स्वस्थ बनेर।”

-तारा प्रसाद श्रेष्ठ बर्दघाट-९ पश्चिम् नवलपरासी
-२०७७/०९/०८/०४

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal