
बडेरा।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१३ बडेरामा रक्तदान कार्यक्रम गरिएको छ।संविधान दिवसको अवसर पारेर बडेरा खानेपानी उपभोक्ता समितिले आयोजना गरेको रक्तदान कार्यक्रममा गरिएको हो।
रक्तदान जीवन दान भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै रेडक्रस सोसाइटी परासीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रममा २३ जनाले रक्तदान गरिएको खानेपानी उपभोक्ता समितिका सदस्य डिल्लीराम सुवेदीले जानकारी दिए।
पछिल्ला दिनहरूमा रगतको आपूर्तिमा कमी देखिएकोले रगतको अभावलाई पूर्ति गर्न समेत सहयोग पुर्याउने विश्वास गरिएको छ।आगामी दिनहरूमा यस्ता कार्यक्रम निरन्तर सञ्चालन गर्ने योजना रहेको खानेपानी अध्यक्ष गंगाराम गैह्रेले बताए।