ट्रेन्डीङ्ग

कोरोना कहर:नेपालमा थप ५५ जनाको मृत्यु

बैशाख २१ नवलपरासी । नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ६ सय ६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । एकै दिन कोरोना भाइरस संक्रमणबाट ५५ जनाको मृत्यु भएको छ ।

१६ हजार १३१ पीसीआर परीक्षणमा ७५८७ र ५७१ एन्टिजेन परीक्षणमा ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १७७५ रहेको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख ५१ हजार ५ पुगेको छ भने निको हुनेको संख्या २ लाख ८७ हजार ७९० पुगेको छ । यस्तै मृतकको कुल संख्या ३ हजार ४१७ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal