ट्रेन्डीङ्ग

देशभर रगत अभाव :अखिल (क्रान्तिकारी) कैलालीद्वारा रक्तदान

असोज ७ कैलाली ।
अखिल क्रान्तिकारी कैलालीको आयोजनामा कैलालीको धनगढी स्थित रेडक्रसको ब्लड बैंकमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कोरोना भाइरस (कोभिड–१९)को महामारीका कारण अस्पतालमा रगत अभाव भएको र रगत चाहिने बिरामीलाई समस्या भैरहेका बेला जिल्ला समिती कैलालिले रक्तदान कार्यक्रम गरेको जनाएको हो ।

उक्त रक्तदान कार्यक्रममा अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य बबरजङ्ग सिह नेपाल कम्युनिस्ट पार्टी धनगढी नगर इन्चार्ज अनमोल संगठनको जिल्ला अध्यक्ष सुबास किरण जोशी युवा संगठन नेपाल कैलालीका अध्यक्ष बिष्णु देवकोटा पार्टी नेता सरोज संगठनको जिल्ला सचीव महेश पातली लगायतले रक्तदान गरेका छन।

कोरोना महामारीका बेला भएको रगत अभावलाई केन्द्रीत गरेर अखिल क्रान्तिकारीले देशव्यापी रक्तदान कार्यक्रम गरिरहेको जिल्ला अध्यक्ष सुबास किरण जोशीले जानकारी दिनुभयो । सरकारले पार्टीका नेता र संगठनका नेतालाई गिरफतार गर्ने, नभएका आरोप लगाएर कारागार चलान गरिरहे पनि आफ्नो संगठनले मानविय धर्म कहिल्यै नछाड्ने बताउनुभयो । रक्तदान गर्ने रक्तदाताहरुलाइ प्रसंशा पत्र समेत बितरण गरेको र आफ्नो संगठन उदार तथा रचनात्मक कार्यमा अग्रसर रहेको जनाकारी गरायका छन

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?