ट्रेन्डीङ्ग

पश्चिम नवलपरासीमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

असोज ६ नवलपरासी ।
पश्चिम नवलपरासीमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
रामग्राम नगरपालिकामा ४ जना, सुनवल नगरपालिका, बर्दघाट नगरपालिका, पाल्हीनन्दन र सुस्ता गाउपालिकामा १÷१ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वाास्थ्य कार्यालयले जनाएको छ।
रामग्राम नगरपालिका वडा नं ३ मा ७१ बर्षिया महिला, वडा नं ५ मा ४१ बर्षिय पुरुष र वडा नं १४ मा २३ र ४५ बर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । यता सुनवल नगरपालिकामा वडा नं ७ का ३४ बर्षका पुरुषमा संक्रमण पुष्टि भएको छ । हालसम्म सुनवल नगरपालिकाबाट १४ सय ३५ जनाको पिसिआर परिक्षण गरिएकोमा १४३ को पोजेटिभ र १२ सय ९६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । सुनवल नगरपालिकाले निर्माण गरेको संस्थागत आइसोलेसनमा ८ जना र होम आइसोलेसनमा ७७ जना तथा क्वारान्टाइनमा ५७ जना रहेका नगरपालिकाले जनाएको छ । संक्रमण पुष्टि भएका मध्ये हालसम्म ५८ जना निको भएका छन् । उता बर्दघाट नगरपालिका वडा नं ४ का ४४ बर्षिय पुरुष, पाल्हिनन्दन गाउपालिका वडा न. ४ का ५५ बर्षिया महिला र सुस्ता गाउपालिका वडा नं १ का ५९ बर्षिय पुरुषमा पनि संक्रमण देखिएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या ५ सय ७ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?