ट्रेन्डीङ्ग

कपिलवस्तुका पत्रकार चापागाईं कांग्रेसको कोभिड१९ अनुगमन समिति जिल्ला संयोजक

असोज ५ कपिलवस्तु ।सञ्चारकर्मी खग प्रसाद चापागाई नेपाली काँग्रेस कोभिड १९ अनुगमन समितिको जिल्ला सुचना संयोजकमा चयन भएका छन । नेपाली काँग्रेस पार्टीको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन कपिलवस्तुका उपसभापति खग प्रसाद चापागाईलाई अनुगमन समितीका केन्द्रिय संयोजक तथा पार्टीका सहमाहामन्त्री डाक्टर प्रकाश शरण महतले सुचना संयोजकमा मनोनयन गरेका हुन । सुचना संयोजक मनोनयन गरिएका उनलाई कोभिड १९ को संक्रमणको स्थिती, परिक्षणको अवस्था, आईशोलेशन र क्वारेन्टाईनको अवस्था, अस्पतालको स्थिती, स्वास्थ्य सामाग्री र चिकित्सकको व्यवस्था, बर्तमान अवस्थामा परेको सामाजिक आर्थिक प्रभावको मुल्याकंन, संघ देखी स्थानिय तह सम्मको समन्वय र कार्य सम्पादनको अवस्था लगायतको सुचना संकलन र प्रवाह गर्ने कार्यक्षेत्र तोकिएको छ । बिगत एक दशक देखी पत्रकारितामा क्रियाशिल सञ्चारकर्मी चापागाई तथ्यगत रुपमा निश्पक्ष पत्रकारिता गर्ने खोजी पत्रकारका रुपमा परिचित छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?