ट्रेन्डीङ्ग

राप्रपाले बुटवलमा फाल्गुन १७ गते आमसभा गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले फागुन १७ गते बुटवलको ट्राफिक चोकमा विरोध सभा आयोजना गर्ने भएको छ।बिरोध सभामा पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र लिङ्देन सहित पार्टीका विभिन्न तहका नेताहरू सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

बुटवलको ट्राफिक चोकमा आयोजना गरिने सभाले राष्ट्रिय राजनीतिमा पनि महत्त्वपूर्ण सन्देश दिने विश्वास गरिएको छ।पार्टीले सभालाई सफल बनाउन व्यापक तयारी गरिरहेको जनाएको छ।विरोध सभामा जिल्ला तथा स्थानीय तहबाट पार्टीका कार्यकर्ता, समर्थक तथा सर्वसाधारणको सहभागी गराउने योजना रहेको राप्रपा केन्द्रिय सदस्य केशवराज खनालले जानकारी दिए।

राप्रपाले पछिल्लो समय सरकारको नीतिहरूको विरोध गर्दै आएको छ। यसै सन्दर्भमा लुम्बिनी प्रदेशमा आयोजना हुन लागेको विरोध सभा सरकारविरुद्धको संघर्षलाई अझ सशक्त बनाउने उद्देश्यका साथ आयोजना गरिएको पार्टी नेताहरूको भनाइ छ ।

विरोध सभामा अध्यक्ष लिङ्देनसहित पार्टीका  केन्द्रिय नेताहरूले समसामयिक राजनीतिक अवस्था, सरकारको कार्यशैली, भ्रष्टाचार तथा जनताका अधिकारका विषयमा धारणा व्यक्त गर्ने कार्यक्रम तय गरिएको छ। पार्टीले सरकारको आलोचना तथा आफ्ना नीति तथा कार्यक्रम सार्वजनिक गर्न महत्वपूर्ण अवसरका रूपमा लिईएको बताएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही फागुन महिनामा प्रदेशस्तरीय आमसभा गर्ने भएको छ।

पार्टीको केन्द्रीय कार्यसमितिको हालै सम्पन्न बैठकले माघ र फागुन महिनामा देशका विभिन्न शहरमा साना ठूला सभाहरू गर्ने र चैतमा काठमाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो।

सोही अनुसार राप्रपाले यही फागुन ९ गते गण्डकी प्रदेशको पोखरा,फागुन २१ गते जनकपुर, १७ गते बुटवल, १९ गते  सुदूरपश्चिमको धनगढीमा आमसभा गर्न लागेको छ।

यसैगरी फागुन २५ गते काठमाडौं र फागुन २७ गते सुर्खेतमा  प्रदेश स्तरीय बृहत आमसभा गर्न लागेको हो।राप्रपा हिन्दु राष्ट्र र राजसंस्थाको पुनःस्थापना, प्रदेश संरचनाको खारेजी, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको पक्षमा उभिँदै आएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?