ट्रेन्डीङ्ग

बुटवल कालिका क्याम्पसमा तीजगीत नृत्य प्रतियोगिता सम्पन्न, बीबीएस चौथो वर्षका विद्यार्थीलाई सम्मान

बुटवल।हरितालिका तीजको अवसरमा बुटवल कालिका क्याम्पसले तीज गीत नृत्य प्रतियोगिता तथा बीबीएस चौथो वर्ष २०८१ मा उत्तीर्ण विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

 

प्रतियोगितामा नेहा आलेको समूह प्रथम, भूमिका अर्यालको समूह दोस्रो र बिपना भण्डारीको समूह तेस्रो बने।सोही अवसरमा त्रिविद्वारा हालै प्रकाशित बीबीएस चौथो वर्षको नतिजामा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरिएको थियो।नियमिततर्फ सहभागीमध्ये २० जना विशिष्ट श्रेणी र १११ जना प्रथम श्रेणी सहित उत्तीर्ण भएका थिए।

 

कार्यक्रममा क्याम्पस अध्यक्ष होमबहादुर गलामीले उत्कृष्ट नतिजा विद्यार्थी, प्राध्यापक र क्याम्पसको समन्वयात्मक पठनपाठनको परिणाम भएको बताए।क्याम्पस प्रमुख घनश्याम पाठकले सफल विद्यार्थीलाई बधाई दिँदै निकट भविष्यमै एमबीएस सञ्चालन प्रक्रिया अघि बढाइने जानकारी दिए।

 

कार्यक्रम प्राध्यापक झरना खनालको अध्यक्षता क्याम्पस सञ्चालन समितिका अध्यक्ष होमबहादुर गलामी प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रको संयोजन प्राध्यापक लक्ष्मी पाण्डेले गरेकी थिइन्। निर्णायक मण्डलमा प्राध्यापक मुमाया थापाको संयोजकत्वमा नभिन्ता शाक्य र विकास श्रेष्ठ रहेका थिए।

 

सहायक क्याम्पस प्रमुख महेश पाण्डे, बीबीएस कोर्डिनेटर बुद्धिराम चौधरी, बिसीए कोर्डिनेटर आशिष न्यौपाने, प्राध्यापक सङ्घ इकाइ अध्यक्ष इवराज तिवारी लगायत प्राध्यापक,कर्मचारी तथा विद्यार्थीहरूको उपस्थितिमा कार्यक्रम कार्यक्रमको सञ्चालन विद्यार्थी ममता कार्की र एन्जिला पौडेलले संयुक्त रूपमा गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal