
सुनवल।पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१२, भूमहीमा ९ “ए” साइड खुल्ला नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।राइजिङ स्टार सामुदायिक विकास प्रतिष्ठानको आयोजनामा स्व. बिमल राना र स्व.विनोद थापाको स्मृतिमा फुटबल प्रतियोगिता हुने प्रतियोगिता आगामी भदौ १३ देखि भूमही खेलमैदानमा सञ्चालन हुनेछ।
प्रतियोगिताले स्थानीय स्तरमा खेलकुदको विकास, युवाबीच आपसी एकता र स्वास्थ्यप्रति सचेतना बढाउने उद्देश्य सहित फुटबलको स्तर उकास्न लक्षित प्रतियोगितामा १६ टोलीले सहभागिता जनाउने खेल संयोजक जगतलाल चौधरीले जानकारी दिए।
प्रतियोगितामा विजेताले ५० हजार ५१ रुपैयाँसहित ट्रफी र उपविजेताले २५ हजार ५१ रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन।साथै ‘म्यान अफ द म्याच’, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई पनि आकर्षक पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।