
परासी।नेपाल कम्युनिष्ट पार्टी(एमाले)नवलपरासी पश्चिमले सुनवलका उपप्रमुख सुर्य दुवे सहित चार जना जनप्रतिनिधिलाई स्पष्टीकरण सोधेको छ। एमालेले उपप्रमुख सहित सुनवल वडा नं १३ का अध्यक्ष एवं नगर प्रवक्ता कृष्णप्रसाद बगाले, वडा नं २ का अध्यक्ष राजेन्द्र यादव र कार्यपालिका सदस्य विनोद टमटालाई सात दिनभित्र स्पष्टीकरण दिन पत्र काटेको हो।
जिल्ला अध्यक्ष दीपेन्द्र अधिकारीको हस्ताक्षर रहेको पत्रमा उनीहरूलाई नगर प्रमुख बिमला अर्याललाई असहयोग गरेको, विपक्षीसँग साटगाँठ गरी आफ्नै नेतृत्वलाई असफल बनाउन खोजेको, स्कारपियो खरिदको निर्णय कार्यान्वयनमा अवरोध गरेको, खोलाको ठेक्का प्रकरणमा पालिकाको निर्णय विपरीत गएको, करार कर्मचारी नहटाउने निर्देशन दिएको लगायतका आरोप लगाइएको छ। यस्ता गतिविधि सञ्चारमाध्यममा सार्वजनिक भएपछि पार्टीको जनाधार खस्केको भनाइ पत्रमा उल्लेख छ।
सुनवलमा भएको बेथिति सुधार गर्नुपर्छ भन्ने जनप्रतिनिधिहरु विरुद्ध प्रतिशोध साधिएको भन्दै कार्यकर्ता असन्तुष्ट बनेका छन।
बैठकमा पूर्व राष्टपति तथा उपाध्यक्ष विद्या भन्डारीको विषयमा पार्टी केन्द्रले गरेको निर्णयका विषयमा छलफल चलाउनु पर्ने जिल्ला कमिटी सदस्य सुवोध जागृत वुढाथोकिले वैठकमा छलफल हुनुपर्ने प्रस्ताव राखेको भएपनि त्यस विषयमा कुनै छलफल र निर्णय नभएको वताईएको छ।
स्पष्टीकरण सोधिएको बारेमा पत्रआएको छैन केहि संचार माध्यममा समाचार आएको छ म जिल्ला बाहिर भएकोले जानकारी पाएको छैन कार्यपालिका सदस्य बिनोद टमटाले भने ।
नगर प्रमुख अर्याललाई कंडेललाई नेता मानेको आरोप
यसैबीच, पार्टी बैठकमा मेयर बिमला अर्यालकै नेतृत्वप्रति प्रश्न उठेको छ। केही सदस्यहरूले उनी पार्टी भन्दा पनि नेपाली कांग्रेसका केन्द्रीय सदस्य देवेन्द्रराज कणेलको आदेश अनुसार काम गर्ने गरेको आरोप लगाएका छन। २०७९ सालमा एमालेको तर्फबाट मेयर निर्वाचित अर्याल र उपप्रमुख दुबेबीच नगरपालिकाको कामकारबाहीमा पटक–पटक विवाद हुँदै आएको छ।
अध्यक्ष अधिकारीमाथि पार्टी विभाजनतर्फ धकेलेको आरोप
पटक-पटक पार्टी एकताको पक्षमा रहेको बताउँदै आएका एमाले नवलपरासी पश्चिमका अध्यक्ष अधिकारीमाथि पार्टी कार्यकर्ताले विभाजनतर्फ धकेलेको आरोप लगाएका छन।
कार्यकर्ताहरूले भनेका छन्, “पार्टी संकटको अवस्थामा मिलाएर जानुपर्ने हो, तर अध्यक्ष कमरेडकै गतिविधिबाट उल्टै आगोमा घ्यू थप्ने काम भएको छ।” उनीहरूका अनुसार अधिकारीको कदमले कार्यकर्ता चिडाउने मात्र नभई पार्टीलाई ठुलो क्षति पुर्याउने सम्भावना बढेको छ।