ट्रेन्डीङ्ग

नेपाली काङ्ग्रेसका सुस्ताका सभापति जयसवाल र सुस्ताका शिक्षक अन्सारीले भारतिय राष्ट्रिय गित र झण्डा रमाउदै


परासी। छिमेकी राष्ट्र भारतको ७९औं स्वतन्त्रता दिवसको अवसरमा हिन्दुस्तान मेरि जान भन्ने बोलको गितमा नेपाली काङ्ग्रेस पार्टी सुस्ता गाउँपालिका सभापति रबिन्द्र जयसवाल र सुस्ता गाउँपालिका वडा न ५ पक्लिहवा स्थित दिपक माध्यमिक बिद्यालयमा कार्यरत शिक्षक इश्रायल अन्सारीले भारतको झण्डा हातमा लिएर फहराएका छन ।

आफ्नो राष्ट्रको हितमा नहेरी यसरी अन्य देशको स्वतन्त्रता दिवसको अवसरमा अन्य देशको झण्डा हातमा लिएर हिन्दुस्तान मेरि जान भनेर भारतको झण्डा फहराउने नेपाली काङ्ग्रेस सभापति जयसवाल र दिपक माध्यमिक विद्यालाय शिक्षक अन्सारीले आफुहरुले निकै ठुलो कार्य गरेको भन्दै एउटा सानो भिडियो सहित समाजिक संजालमा समेत पोस्ट गरेका छन।


नेपाली काङ्ग्रेस पार्टी सुस्ता गाउँपालिका का सभापति जयसवाल र शिक्षक अन्सारीले आफुलाई नेपाली नागरिक पनि भन्ने तर भारतीय गुनगान गाउने गरि त्यो सामाजिक संजालमा पोस्ट गर्दा उनीहरु नेपाली नागरिक हो भन्ने शंकाको बिषय उब्जिएको छ।


यति मात्र कहाँ होर नेपाली काङ्ग्रेसका सुस्ता गाउँपालिकाका सभापति रबिन्द्र जयसवाल सुस्ता बचाउ अभियानको प्रबक्ता समेत हुन् पटकपटक भारतीय पक्षले सुस्ताबासिलाई विभिन्न दुख कष्ट दिइरहेका छन् केहि दिन अगाडि सुस्ताका १४ जनालाई भारतीय सुरक्षाकर्मिले वान्टेडको सुचीमा राखेर मुद्दा दायर गरेका छन भने यता नेपाली काङ्ग्रेस सुस्ताका सभापति एवं सुस्ता बचाउ अभियानका प्रबक्ता रबिन्द्र जयसवालले भारतको गुणगान सहितको गितमा आफुले भारत देशको ७९ औं स्वतन्त्रता दिवसको दिन भारत देशको झण्डा बोक्दा उनिमा अलिकता पनि नैतिकता वा राष्ट्रियता नरहेको भन्न सकिन्छ ।

सभापति एवं प्रवक्ता जयसवालले सुस्ता गाउँको बारेमा बोल्नुपर्दा आफुलाई नेपाली नागरिक बताउने तर छिमेकी राष्ट्र भारतको स्वतन्त्रता दिवसको दिन भारतकै गुणगान सहित अर्थात हिन्दुस्तान मेरि जान भन्ने बोलको गितमा आफु र शिक्षक अन्सारी सहित अन्य ब्यक्तिहरुसंग उभिएर भारत देशको झण्डा फहराउदा उनलाई कसरी नेपाली नागरिक मान्न सकिन्छ ।

त्यसैगरी दिपक माध्यमिक विद्यालयका शिक्षक इश्रायल अन्सारीले नेपालको सेवा सुबिधा भोग गर्ने तर भारत देशको गुणगान गाएको स्पष्ट भारतको देशको झण्डा बोकेको देख्न पाइन्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal