ट्रेन्डीङ्ग

भडरीमा २६औं गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

सुनवल।पश्चिम नवलपरासीको सुनवल-११ भडरीमा भदौ ७ गतेदेखि २६औं गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ। बिगतका वर्ष हरितालिका तीजको अवसरमा आयोजना हुँदै आएको भलिबल प्रतियोगितामा २५ टिमको सहभागिता रहेको आयोजक समितिले जनाएको छ।

 

उद्घाटन खेलमा आयोजक भडरीले प्रहरी तालिम केन्द्र जर्गहालाई पराजित गर्दै विजयी सुरुवात गरेको छ। बेस्ट अफ फाइभमा २–२ सेट बराबरी भएपछि अन्तिम खेलमा भडरीले १५–९ को अन्तरले जर्गहा तालिम केन्द्रलाई हराएको हो।


प्रतियोगितामा बिजेता हुने टिमले नगद ३२ हजार ५ सय ५५ सहित शिल्ड प्राप्त गर्नेछ भने, उपबिजेता टिमले २१ हजार ५ सय ५५, तृतीयले ११ हजार ५ सय ५५ र सान्त्वना हुने टिमले ५ हजार ५ सय ५५ सहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन्। यस्तै, विभिन्न सात विधामा उत्कृष्ट खेलाडीहरूलाई बिशेश सम्मान गरिने अध्यक्ष नरेश यादवले जानकारी दिए।

स्थानीय युवामा खेलप्रति रुचि बढाउने र आपसी सद्भाव कायम गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको खेल संयोजक विजय यादवले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal