ट्रेन्डीङ्ग

अबको कांग्रेस नया कांग्रेस

पर्वत । वि. स. २००६ सालमा विशेश्वर प्रसाद कोइरालाको राष्ट्रिय कांग्रेस र सूवर्ण शमशेरको प्रजातान्त्रीक कांग्रेस एक भई बनेको नेपाली कांग्रेसको इतिहास गर्विलो छ । राणा शासनको अन्त्यको लागि खेलेको भूमिका २०१५ सालको दुई तिहाईको सरकारको गठन २०३३ सालको मेलमिलाप नीति २०३६ सालको जनमत संग्रह, २०४७ सालको प्रजातन्त्र पुनर्वहालीमा खेलेको अग्रणी भूमिका, संविधान लेखन,२०५१ सालमा शुरू भएको माओवादीको हिंसात्मक आन्दोलनको शान्तिपूर्ण अवतरणमा खेलेको भूमिका,वि.स. २०६२/६३ को त्यो जनआन्दोलन अनि संसद्को पुनःस्थापना साथै राजतन्त्रको अन्त्यमा खेलेको भूमिका,संघीय राज्यको स्थापना अनि संविधान लेखन र संविधान २०७२ को कार्यान्वयनमा खेलेको भूमिका मात्र होइन हाल आएर करिव करिव दुई तिहाईको कम्युनिस्ट सरकार आपसी कलहको दलदलमा फसी देशलाई चौवाटोमा ल्याएर असरल्ल पार्दा संविधानको मर्मलाई पटक पटक कुल्चदै गर्दा सम्हाल्न कांग्रेस नै अघि वढनु परेको छ । हाल नेपाली कांग्रेसका सभापतीको प्रधानमन्त्रीत्वमा देश अघि वढेको छ । आशा छ कम्युनिस्ट ले गरेको जनमतको अपमान अनि देश प्रतिको,संविधान प्रति गरेको वेइमानीले देश लाई पुर्याएको अपूर्ण क्षति लाई पूर्ति गरी देशलाई विधि र विधानको, संविधान बादको सही मार्गमा ल्याउनु हुनेछ ।

कांग्रेसको अर्को पाटो पनि छ । स्थापना कालतिर वि पि र मात्रिकाको द्वन्द्व अनि त्यसवाट पुगेको अपूरणीय क्षति, २०४७ पछिको छत्तिसे र चौहत्तरे समूहको कलह अनि आफ्नै बहुमतको सरकार विघटन अनि मध्यावधि निर्वाचन, सन्त नेताको अपमान अनि लौह पुरुष गणेशमानको पार्टीसँगको सम्बन्धविच्छेद सम्मको परिस्थिति मात्र कहाँ हो र नीति प्रधान कम नेता प्रदान हावी हुने प्रवृति सदा समस्याको रूपमा रह्यो। त्यतिमात्र होइन विपीको समाजवादी सपनाको जगमा उभिएको नेपाली कांग्रेस आर्थिक नीतिले गरिव अनि तल्लो तहका भुइँ मानिसलाई विश्वास गरेको देखिएन । तिनीहरूलाई केन्द्रमा ल्याउने खाले काम भएन । कांग्रेसका पश्चिमी विश्वविद्यालय वाट। PHD धारी अर्थमन्त्री द्वारा माटो सुहाउँदो आर्थिक नीति ल्याइएको देखिएन । खुला उदार नीतिको पक्षपाती नेपाली कांग्रेसको अर्थनीतिको कारण उपभोक्ता वाद त वढ्यो तर दिगो विकासमा पछाडि पर्यो हामी सँगैका देश समृद्धिको शिखरमा पुग्दै गर्दा हामी विप्रेषण प्रवाहमा रमाउन पुग्यौं । कांग्रेसको अर्थमन्त्रीले कहिल्यै जनताको वाकसमा रहेको, सुन्दुकमा रहेको पटुकीमा कसेको रुपियाको विश्वास नगरी धनी देश अनि धनी संस्थाको ऋण लिनमा गर्व ठाने आज त्यसैको संस्थागत विकासले एक नेपालीको टाउकोमा करिव पचास हजार माथि ऋण पुगिसक्यो भने राजश्वको ठूलो हिस्सा विदेशी विदेशी ऋणको साँवा व्याज तिर्दैमा जान्छ भने राजस्वले चालू खर्च धान्न नसक्ने स्थिति आइसक्यो । राज्य सञ्चालनमा व्यमितव्ययीता कांग्रेसको उपज हो ।माथिका दुवै पक्षको आलोकमा खरो उत्रेर निस्कन सक्नु पर्छ नेकाको चौधौं महाधिवेशन नेता प्रदान होइन नीति प्रदान बन्न सक्नु पर्छ ने का तर नीतिको वहस देखिएको छैन । अबको महाधिवेशनमा नेपाली काङ्रेसकोको वाटो ।

(क) सांगठनिक पुनर्संरचना वारे

नेका मा साधारण सदस्य र क्रियाशील सदस्य दुई थरी सदस्यको व्यवस्था भए पनि साधारण सदस्यको कुनै उपादेयिता देखिँदैन । तल्लो तहबाटै चुनिएका प्रतिनिधि वाट नेतृत्व छनोट हुने देखिएता पनि नेतृत्व ले आफ्ना नजिक का मान्छे माथि तान्ने अनि तिनैवाट चुनिएर नेता वन्ने विकृत परम्परा यो महाधिवेशन वाट अन्त्य हुनुपर्छ । पार्टीका मुख्य पदहरूमा सम्पूर्ण क्रियाशील सदस्य सहभागी भई छान्ने अकाट्य व्यवस्था ल्याउन सक्नुपर्छ । आफैले आफ्ना माथि ल्याउने अनि तिनैवाट चुनिएर नेता बन्ने हास्यास्पद प्रणालीको अन्त्य हुनुपर्छ । त्यति मात्र होइन हरेक तह र संरचनामा सभापतिमा रहेका अधिकारहरू कटौती गरी समितिमा ल्याउनु पर्छ । नेता नातावाद अनि वंशको आधारमा होइन नीति अनि वैचारिक स्पष्टताका आधारमा चुनिनु पर्छ । अब कांग्रेसले शाहस गर्नु पर्छ अति राजनीतिकरण भयो । राजनीति वाट अदालत, स्कूल, विश्व विद्यालय,मन्दिर, उद्योगधन्दा, व्यवसाय, उपभोक्ता समिति कहीं वाकि रहेन तर एउटा संस्था वाकी छ कुल पूजा त्यहा पनि कहिले पार्टीका आधारमा पूजा हुने हो त्यो भने हेर्न वाकी छ ।यो अति राजनीतिकरण वाट देशलाई मुक्त गर्ने पहल यदि कसैले लिने हो भने त्यो कांग्रेस हो अरूले लिन सक्दैन। अरु प्रति विश्वास पनि छैन । अब कांग्रेसले शाहस गर्नु पर्छ विद्यालय मा संगठन खोलिने छैन। उद्योग धन्दा कल कारखानामा पार्टीको संगठन खोलिने छैन। कर्मचारीको हकमा हितको युनीयन हुनेछ तर पार्टीको संगठन हुने छैन । विश्व विद्यालय मा पार्टीको आधारमा होइन क्षमता अनि भिजनका आधारमा नेतृत्व चुनिनेछ ।

(ख) दर्शन वारे

नेपाली काँग्रेस नीति र सिद्धान्त कमजोर अनि नेता र नेतृत्वको विकास वढी नै भयो । यो प्रवृतिको अन्त्य हुनुपर्छ । सिद्धान्त /दर्शन कुनै पनि राजनीतिक पार्टीको मुटु हो । पार्टी चल्ने आफ्नो दर्शन अनि सिद्धान्तले हो । तर व्यवहारिकतामा त्यो देखिएन । कांग्रेसले समाजवाद उन्मुख दर्शन अगालेको पाइन्छ तर अपुष्ट छ । समय सापेक्ष छैन । अब कांग्रेसले सहअस्तित्वमा आधारित पूर्वीय दर्शनलाई स्वीकार्ने मात्र होइन अगाल्नुपर्छ । पूर्वीय दर्शनले चक्रमा विश्वास गर्छ अर्थात् चक्रमा कोही अघि कोही पछि हुँदैन भन्ने मान्यता हुन्छ ।जसले आजको गलाकाट प्रतिस्पर्धामा मानिसलाई जिउन अनि एक अर्कालाई स्वीकार्न सहज हुन्छ । अहिले नेपालमा आयातित vs ( अर्थात एक को विरुद्ध अर्को) दर्शन को पछि परी मानिस असीमित दुःखको चक्रमा फसेको छ यस वाट मानिसलाई मुक्ति दिन हाम्रो सनातन पूर्वीय दर्शनको व्याख्या एवम अगाल्ने कुरामा पार्टीले ढिलो गर्नु हुँदैन ।पूर्वीय दर्शनको असीमित योगदान हाम्रा ऋषि मुनीहरुको मानवता प्रतिको योगदान अपनत्व कांग्रेस ले आफ्नो दर्शन मा लिन सक्नु पर्छ । पूर्वीय दर्शनको पूर्णता वादको सिद्धान्तलाई अगाल्नु पर्छ ।(औं पूर्णमद: पूर्णममिदम्, पूर्णात पूर्णमुदच्यते। पुर्णस्य पूर्णमादाय, पपूर्णमेवावाशिष्यते) अर्थात् औँ एक पूर्ण सत्य हो जसमा पूर्ण थपे पनि पूर्ण वाट पूर्ण घटाए पनि पूर्ण नै वाकी रहन्छ । भन्ने गहन कुरालाई पार्टीका सदस्य मात्र होइन विश्वलाई नै यस अमूल्य खजानावाट/ निधि वाट लाभान्वित हुने अवसर प्रदान गर्नुपर्छ । आज नेपाली कांग्रेसले हिमालयन क्षेत्रको यो विराट खोज अनि दर्शनको उर्वरतालाई पुन सल्वलाउन सक्नु पर्छ । तथागत बुद्धको देश नेपाल योगका प्रवर्तक शिवको देश नेपाल वेदको उत्पति भएको देश नेपाल आज दर्शन वाट यति पछि पार्नु हाम्रो नालायक पन हो यसवाट देशलाई उठाउन कांग्रेसको स्कुलिङ विभाग सक्रिय बनाउनु पर्छ । मानिस को हो र उसको मार्ग के अनि उसको लक्ष्य के स्पस्ट हुने वातावरण कांग्रेसले दिन सक्नु पर्छ । यदि काँग्रेस ले मानिसलाई दर्शनमा मूल्य र मान्यतामा थोरै पनि प्रशिक्षित गर्न सकेको भए आज आयातित अपूर्ण दर्शनहरु वोकेका अरू पार्टीहरू मौलाउने थिएनन् ।यसलाई सुधार्ने ठोस मार्गदर्शन यस अधिवेशनले ल्याउनुपर्छ ।

(ग) आर्थिक नीति

यो कुरालाई स्वीकार्नु पर्छ कि आजको युग आदरणीय पत्रकार विजयकुमार ले भने जस्तो वैश्य युग हो । आज जति सुकै आदर्शका कुरा अगाडि ल्याए पनि साधन बिना जीवन चल्दैन । त्यसैले मौलिक अर्थनीति कस्तो हुने नेपाली कांग्रेस स्पष्ट हुनुपर्छ । पञ्चायतको अन्त्यतिर करिव २५ प्रतिसत भन्दा माथिको औद्योगिक वृद्धि दर वहुदलको पुनःस्थापना पछि खुम्च्याई ऋणात्मक वनाउने मुख्य हिस्सा कांग्रेसको अन्यको भन्दा वढी छ । २०४८ तिर भारतमा औद्योगिक उत्पादन निर्यात गर्ने देश, चामल निर्यात गर्ने देश, आज यो हालतमा ल्याउनु मा आर्थिक नीतिको असफलता भएको स्वीकार्न सक्नु पर्छ कांग्रेसले । तराईको गरिव किसानको मेरुदण्ड भएको जुट उध्योगको उठिवास लाउनुमा, पञ्चायतकालीन उत्पादन मूलकउद्योग धन्दाको को समुल अन्त्य भई उपभोग वाद वढनु अर्थतन्त्र विप्रेषणमा खुम्चिनु पर्ने अवस्थामा आइपुग्नु मा अरूको पनि हात होला मुख्य हात आफ्नो भएको यथार्थतालाई स्वीकारी अघि बढ्न सक्नु पर्छ कांग्रेस । आज देशमा असामानताको खाडल उच्च छ । देशको २० प्रतिशत धनाढ्यको हातमा ८० प्रतिशत सम्पति र ८० प्रतिशत गरिवको हातमा २० प्रतिशत सम्पति भएको स्वीकार्नु पर्छ । तल्लो २० प्रतिशत गरिव मानिसको हातमा दैनिक छाक जोर्ने साधन नहुनुमा आफ्नो आर्थिक नीति जिम्वेवार भएको ठहर गर्नु पर्छ कांग्रेसले ।
गर्ने के त कांग्रेसले केही गर्नु पर्दैन आफैलाई विश्वास गरे पुग्छ । हाम्रो निर्वाहा मुखी कृषि प्रणाली लाई सम्मान गरी टेवा पुर्याए पुग्छ । हाल काम गर्ने उमेर समूहको मानिस ५० प्रतिशत भन्दा बढी छन् यो दुर्लभ अवसर हो ।यस्तो अवसर करिव ३० वर्ष वढीमा रहने हो ।त्यसपछि काम गर्ने उमेर समूहका मानिसको संख्या घट्छ । यो श्रमशक्ति लाई उपयोगमा ल्याउने नीति ल्याउन सक्नु पर्छ यो महाधिवेशन ले। सन् १९३० को मन्दी बात उतार्न अमेरिकाले लिएको नीति गरिवी निवारणमा चीनले लिएको नीति अध्ययन गरे पुग्छ कांग्रेसले । मुख्य कुरा कांग्रेसले जनताको सन्दुकमा रहेको/ पटुकीमा कसेर राखेको/ सिरानीमुनि गर्जो पर्दा चाहिन्छ भनेर राखेको पैसा चलाउन ध्यान दिए पुग्छ न कि विदेशीको ऋण। जनता संग पैसा छ भन्ने सामान्य दृश्टान्त IPO हेरे पुग्छ अन्त जान पर्दैन । अब खाँचो छ विदेश स्थित नेपालीलाई भरोसायोग्य लगानीको आव्ह्वान अनि कांग्रेसको आर्थिक सवालतामा इमान्दार पूर्ण त्याग । अब कांग्रेसले संस्थागत विकासमा जोड दिन सक्नु पर्छ ।अदालत, सरकारी संस्थाहरु, आयोगहरू वालिया वनाउन कांग्रेसले जोड दिनुपर्छ ।

(घ) सामाजिक नीति
आज हाम्रो समाजमा थुप्रै कुरितीहरु, संस्कारहरू, अन्धविश्वासहरु को संस्थागत विकास छ । जातको आधारमा, लिंगको आधारमा समाजमा विभेद छ यो कुचक्र वाट देशलाई उचाल्न अघि सार्नुपर्छ कांग्रेस । कांग्रेसका हरेक सदस्यहरु दाइजो लिने र दिने काम वाट आफूलाई अलग राख्न सक्नु पर्छ। यसको लागि विशेष सामाजिक नीति ल्याउनु पर्छ कांग्रेसले । जातीय विभेदको अन्त्यको लागि तत्व ज्ञानी सन्तहरुलाई अघि ल्याउनु पर्छ कांग्रेसले । वेदले जातीय व्यवस्था गरेको छैन । वेदान्तले छैन । यो कुरालाई प्रखर रूपमा अघि वढाउने र यो सामाजिक कालो युगको अन्त्यको लागि लामो युद्ध छेड्न सक्नु पर्छ कांग्रेसले । यो कुरा बुझ्न सक्नु पर्छ कांग्रेसले की हाम्रो वेदले वर्णको व्यवस्था गरेको हो जातको होइन । मानिस कर्म अनुसारको वर्ण हुन्छ न कि जन्म अनुसारको यसलाई बुझ्न र बुझाउन ढीलो गर्नु हुँदैन कांग्रेसले । अब कांग्रेसका हरेक सदस्य सामाजिक कुरीति विरुद्ध लड्न सक्ने वनाउने नीति यो माहाधिवेशनले ल्याउनुपर्छ ।

(ङ) कृषि नीति
नेपालको कृषि निर्वाह मुखी प्रणालीमा आधारित छ यो हाम्रो कमजोरी होइन यो हाम्रो तागत हो भन्ने कांग्रेसले स्वीकार्नु पर्छ । यही पद्धतिको बलमा हामी नाकावन्दी विरुद्ध लड्न सफल भयौ । विश्वमा उत्पन्न महामारी अनि आर्थिक मन्दीले हामीलाई जिस्काउन पनि सकेनन् त्यसैले कांग्रेसले हाम्रो निर्वाहमुखी कृषि प्रणालीलाई हेयको रूपमा होइन सवल पक्षको रूपमा स्वीकारी समय सापेक्ष सुधार गर्ने नीति ल्याउनु पर्छ कांग्रेसले कृषिमा दिने अनुदानमा पुनर्संरचना गर्नु पर्छ । वास्तविक किसानले सरकारी अनुदान नपाउने र अनुदान पाउने व्यक्ति किसान नहुने वास्तविकता वाट कांग्रेस टाढा भाग्नु हुँदैन । अब कांग्रेसले रासायनिक खेतीलाई होइन जैविक/प्राकृतिक/ अर्थात् आध्यात्मिक खेतीमा जोड दिनु पर्छ । ।टोल टोलमा जैवीक खेती गर्ने भोलेन्टियर खटाउनु पर्छ । महिला स्वास्थ्य स्वयमसेविकाले समाज पारेको सकारात्मक प्रभाव जस्तै जैविक कृषि स्वयम सेवकले प्राकृतिक कृषिमा ल्याउन सक्ने सकारात्मक प्रभावप्रति विश्वास गर्ने नीति ल्याउनु पर्छ कांग्रेसले। अघिल्लो सरकारले जैविक खेतीलाई नजर अन्दाज गरी रासायनिक मल कारखानाको लागी वजेट छुट्टाएको छ । अब कांग्रेसले विस्तारै रासायनिक मल लाई विस्थापित गरी जैविक खेतीमा जोड दिने नीति लिनुपर्छ। (लेखक नेपाली कांग्रेस पर्वतका युवा नेता राम प्रसाद पराजुली हुन् )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal