
सुनवल।सुनवल नगरपालिका-१३ बडेरामा रहेको बडेरा सामुदायिक वन उपभोक्ता समितिको १६औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ। सभाको सामुदायिक वनका अध्यक्ष मदन पन्त अध्यक्षता तथा डिभिजन वन कार्यालयका प्रमुख राजु क्षेत्री प्रमुख आतिथ्यतामा बडेरा स्थिति बैंङ्कोटेश्वर शिवालय मन्दिरमा सम्पन्न भएको हो।
कार्यक्रममा प्रमुख अतिथि समेत रहेका डिभिजन वन कार्यालयका प्रमुख क्षेत्रीलेले उपभोक्तालाई प्रभावकारी ढंगले वन संरक्षणमा लाग्न समितिले सक्रिय रहनुपर्ने धारणा व्यक्त गरे। प्रमुख क्षेत्रीले वनजंगल संरक्षण, आगलागी नियन्त्रण, घाटगद्दी, र उपभोक्ताहरुलाई सुख्खा दाउरा ल्याउने वन खोलेर सम्बन्धित विषयमा ध्यान दिने आवश्यकता रहेकोमा जोड दिए।
सामुदायिक वनको कार्यक्षेत्र सुनवल-१३, रामग्राम नगरपालिका-१ र ७ तथा पाल्हीनन्दन गाउँपालिका-३ रहेको छ।वनले करिब ७० हेक्टरमा जडिबुटी र घाँस रोप्ने कार्य गरेको छ भने १६ हेक्टर क्षेत्रमा तारबार गरिएको सामुदायिक वनका अध्यक्ष मदन पन्तले जानकारी दिए।
कार्यक्रममा सुनवल नगर प्रवक्ता एव वडा १३ का अध्यक्ष कृष्ण प्रसाद बगाले सामुदायिक वन महासंघ जिल्ला अध्यक्ष सारदा पोख्रेल लगायतको उपस्थिति रहेको थियो कार्यक्रममा अध्यक्ष, सचिव, कोषाध्यक्ष र लेखा संयोजकले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
सञ्चालक सचिव देवकला खनाल र उपाध्यक्ष प्रेमबहादुर थापा मगर ले स्वागत मन्तव्य दिएका थिए।











