ट्रेन्डीङ्ग

लकडाउनमा कृषकको सहयात्री बन्दै हाटबजार एप

काठमाडौं। कोरोना संक्रमणको दोश्रो लहर सुरु भएसंगै देशका लगभग अधिकांस ठाउमा निषेधाज्ञा र लकडाउन गरिएको छ। अघिल्लो बर्ष लकडाउन भएसंगै किसानलाई आफ्नो उत्पादन बजार सम्म कसरी पुर्याउने भन्ने चिन्ता भएको थियो । त्यो चिन्ता यस पटक पनि किसानमा रह्यो।

किसानले आफ्नो उत्पादनले बजार नपाएको र सस्तोमा बिक्री गर्दापनि लिन नआएको गुनासा र पीडाका समाचार यस पटक पनि नेपाली संचारमा आयो। तर यहि समयमा धेरैको रोजाइमा पर्न सफल भयो नेपाली मोबाइल एप्लिकेशन “हाट बजार”।

गत चैतमा मात्र आधिकारीक रुपमा लन्च गरिएको हाट बजार एप अहिले सम्म ९ हजार भन्दा बडी प्रयोगकर्ताले प्रयोग गरिरहेका छन्। उक्त एप मार्फत किसानले आफ्नो उत्पादन देशैभर बिक्री गर्न सक्ने भएको हुदा यसको प्रयोमा बृद्दि भएको कम्पनिको ठहर छ।

ट्राभहिल प्रा.लीले किसानको समस्या मध्यनजर गर्दै बजारमा ल्याएको उक्त एपमा छोटो समयमानै कृषि उपजको किनबेच सुरु भैसकेको छ। उचित मुल्यमा उपभोक्ता र किसानको प्रत्यक्ष माग र आपुर्तिमा मुल्य निर्धारण गरी उचित मुल्य एपमा राख्न सकिने भएपछी छोटो समयमा नै निकै राम्रो सँग एप मार्फत नै किनबेच पनि सुरु भैसकेको छ ।

सामान्य नेपाली मात्रै जान्ने किसानले पनि एप डाउनलोड गरेर बिना कुनै खर्च, बिना कमिशन आफ्नो उत्पादनहरु बिक्री गर्न सक्ने भएकोले पनि यस एपको प्रयोग बढेको हो । एपमा किसान तथा बिक्रेताले आफ्नो कृषि उपज एवं कृषि क्षेत्रमा मेशीनरी औजार समेतको मूल्य आफै तोकी त्यसको विवरणहरू फोटो, मूल्य, स्थान, सामानको गुणहरू, डेलिभरी सुविधा आदि खुलाई एप मार्फत बिक्री गर्न सक्छन । उक्त विवरणहरू क्रेताले आफूलाई आवश्यक गुणस्तर हेरेर, मोलमोलाइ गरेर सिधा किसानबाटै खरिद गर्न सक्छन ।

किसानलाई लकडाउनको बेला मात्रै नभइ अन्य अवस्थामा पनि आफ्नो कृषि उत्पदन कसरी बजार सम्म पुर्याउने चिन्ता भएको बेला सिधै एप मार्फत बिक्री गर्न सक्ने भएकोले पनि यसको उपयोग बढेको उक्त एपका प्रवक्ता सुजल श्रेष्ठले हामीलाई जानकारी दिए ।

प्रबक्ता श्रेष्ठले भने लकडाउन भएपछी यसको प्रयोग अझ बढेको छ, यस एपले यो कठिन परिस्थितिमा पनि किसानको मुहार सानै भए पनि खुसी छर्न सकेकोमा हामी गौरावान्वित छौं । किसानलाई कृषि उपज बजार कसरी पुर्याउने चिन्ता अब बिस्तारै कम हुनेछ ।

हाट बजार एपको कारण कुनै एक स्थानमा अधिक उत्पादन भएर मुल्य निकै घटेको अवश्थामा देश भर नै बिक्री गर्ने अवसर यस एपले दिएको हुँदा कम मुल्यका कारण खेतमै ट्रयाक्टर चलाउनु पर्ने, सडकमै फाल्नु पर्ने अवस्थाबाट त मुक्ति मिल्ने कामपनिको दाबी छ। उपभोक्ताले पनि महंगो मुल्य तिरेर किन्नु पर्ने झन्झट रहँदैन हुदा किसान र उपभोक्ता दुवैलाइ सन्तुष्टी र फाइदा मिल्छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?