ट्रेन्डीङ्ग

पाखे

हो मालिक, म पाखे हुँ
तिम्रो सत्ताको स्वाद
मलाई थाहा छैन
हिमालयन बियर र मार्सीको भात
मलाई थाहा छैन !

हो मालिक, म पाखे हुँ
तिम्रा भ्रष्टाचारी हात
मलाई थाहा छैन
विदेशी दलालसङ्ग कुर्सीका बात
मलाई थाहा छैन !

हो मालिक, म पाखे हुँ
तिम्रा क्यासिनो, बारका रात
मलाई थाहा छैन
सरकारी जग्गा सोह्र कि आठ ?
मलाई थाहा छैन !

हो मालिक, म पाखे हुँ
तिम्रा महाकाली, गण्डकी राष्ट्रघात
मलाई थाहा छैन
तिमी कसैको पुच्छर कि लात ?
मलाई थाहा छैन !

हो मालिक, म पाखे हुँ
तिम्रो उपहार विभेद र जात
मलाई थाहा छैन
बिकाउ तिम्रो न्यायालयको शाख
मलाई थाहा छैन !

याद गर मालिक !
मलाई पाखे भनेरै रमाउने तिमी,
कति छ त यो पाखेको जमात ?
तिमीलाई थाहा छैन,
जुट्छन एकदिन समाउछन हात
तिमीलाई थाहा छैन !

बजार्नु बुट,काटेर हात,
पोख्नु सबै मैमत्ता उन्माद
पाल्नु भ्रम,लुट्नु श्रम,
गर्दै जानू, महा राष्ट्रघात
भन्नु पाखेलाइ थाहै छैन !

भत्काएर तिम्रो लुटको स्वर्ग
ल्याउनेछन तिनै पाखेको सत्ता
उभिएर फेरि पाखेहरुको कठघरामा
नबुझाउनु बिन्तिपत्र, नझार्नु आँसु
नभन्नु,त्यो बेला,अहँ भन्दै नभन्नु,
मलाई केही थाहा छैन !!-शारदा भण्डारी अखिल (क्रान्तिकारी )कि केेेन्द्रिय सदस्य हुन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?