ट्रेन्डीङ्ग

अरनिको माविको ४१ औ वार्षिकोत्सब तथा अभिभावक दिवस

सुनवल।अरनिको माध्यामिक विद्यालय सुनवल-८ ले ४१ औ वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष इश्वर कुमार रानाको अध्यक्षता तथा लुम्विनी प्रदेशसभा सदस्य खडग बस्नेतको प्रमुख आतिथ्यतामा वार्षिकोत्सव मनाएको हो।

प्रमुख अतिथि बस्लेनेतले विगत र वर्तमानलाइ समयको शिक्षा विश्लेषण गर्दै प्रतिस्पर्धी मुलक शिक्षण सिकाइ क्रियाकलापमा सुधार गर्नुपर्ने बताए । गुणस्तरीय शिक्षाका लागि विद्यालय र अभिभावकले पढाई सगै व्यावहारिक सिकाई दिदै समाज सुधारको भुमिका खेल्नुपर्ने बताए ।

बस्नेतले समय र प्रविधि सुहाउदो पढाइमा जोड नदिने हो भने प्रतिस्पधी विधार्थी उत्पादन नगर्न नसकिने बताउदै विद्यालयको भौतिक तथा शैक्षिक उपलब्धिको मूल्यांकन गर्दै विद्यालय, अभिभावक र विधार्थीले एक भए मात्र शिक्षाको गुणस्तर बढ्ने बताउदै विद्यालयको विकासका लागि सदैव सहयोग गर्ने प्रतिवद्दता व्यक्त गरे।

सुनवल नगर प्रमुख बिमला अर्यालले गुणस्तरीय प्रविधि सहितको शिक्षाले जीवन व्यवहारमा परिवर्तन हुने बताइन अर्यालले विधार्थीको नतिजामात्र नभई अभिभावकले अनुशासनमा पनि ध्यान दिन आग्रह गरिन।

कार्यक्रममा जिल्ला समन्वयन समिति सारदा परियार , वडा नम्बर ८ का अध्यक्ष देव बहादुर गुरुङ,वडा सदस्य धोर्जे तामाङ,विद्यालय व्यवस्थापन समिति संजाल सुनवलका अध्यक्ष सुर्यप्रसाद न्यौपाने,पुर्व अध्यक्ष देवराज रेग्मी,विद्यालयकी पुर्व प्रअ रिता गैह्रेले अभिभावकले शिक्षाको गुणस्तरीय शिक्षा चेक नगरी टाढा पठाउने गर्दा विद्यालय धरासयी हुने बताउदै व्यवस्थापन समिति शिक्षक र अभिभावक मिलेर विद्यालयको सुधारमा एक हुनुपर्ने जोड दिए ।

विद्यालयका प्राध्यानाध्यापक दामोदर पाण्डे विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयले गुणस्तरीय शिक्षामा जोड आएको बताउदै विद्यालयमा बालबिकासदेखि कक्षा १२ सम्म पढाई हुँदै आएको छ । विद्यालयमा कक्षा ११/१२ मा शिक्षा तथा व्यवस्थापन संकायमा अध्यापन हुदैन आएको यस विद्यालयमा ५ सय ६५ विद्यार्थीले अध्ययन गर्ने २६ जना शिक्षा,कर्मचारी कार्यरत रहेको पाण्डेले बताए ।वार्षिकोत्सबकै अवसरमा पुरस्कार ,छात्रवृत्ति ,विभिन्न विधामा उत्कृष्ट नतिजा दिने शिक्षक र विद्यार्थीलाई सम्मान गरीएको विद्यालयका सहायक प्रअ हरिकुमार ढकालले जानकारी दिए । विद्यार्थीलाई यातायातको सहजताका लागि सुनवल नगरपालिकाले बस हस्तान्तरण गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal