
भुमही।नवलपरासी पश्चिममा तेक्वान्दो संघ गठन गरिएको छ।सुनवल -१२ भुमहीमा सम्पन्न प्रथम भेलाले धर्मेन्द्र अग्रहरीको अध्यक्षतामा तेक्वान्दो संघ गठन भएको हो।
जसको उपाध्यक्षमा रामजी यादव, सचिवमा सुरेश पासवान र कोषाध्यक्षमा बालगोविन्द यादव चयन भएका टपन केवटले जानकारी दिए।
सदस्यहरूमा क्रमशः चेत बहादुर थापा, उमा तिवारी, स्याम सुन्दर हरिजन,विशाल पौडेल उपाध्याय तथा लक्ष्मी केवट शहानी रहेका छन।
धर्मेन्द्र अग्रहरिको अध्यक्षता तथा लुम्बिनी प्रदेश तेक्वान्दो संघका सचिव राजजीव सिंह क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न प्रथम भेलालाई सम्बोधन गर्दै अतिथि क्षेत्रीले तेक्वान्दो खेलको विकास र विस्तारका लागि नवगठित समितिले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
प्रमुख अतिथि क्षेत्रीले खेलकुदमार्फत युवाहरूलाई अनुशासन, आत्मविश्वास र स्वास्थ्यतर्फ उन्मुख गराउनुपर्नेमा जोड दिए।
नवगठित समितिका अध्यक्ष अग्रहरीले आफूलाई दिएको जिम्मेवारीलाई सफलतापूर्वक निर्वाह गर्दै जिल्लामा तेक्वान्दोको विकासका लागि सक्रिय रहने प्रतिबद्धता जनाए।











