ट्रेन्डीङ्ग

सुनवलको बस्तीमा डुबान रोक्न नाला निर्माण

सुनवल।वर्षात सुरु हुनासाथ घरभित्रै पानी पसेर डुबानमा पर्ने समस्या पश्चिम नवलपरासीको सुनवल नगरपालिका-१ र ४ का बासिन्दाका लागि वर्षेनीको नियति जस्तै बनेको थियो। सुनवलको लक्ष्मीपथ,दामोदर कुन्ड र सोमनाथ क्षेत्रका कतिपय घरहरू पानीले घेरिने मात्र होइन,घरभित्र पस्नै नसक्ने अवस्था हुने गरेको छ।

स्थानीयका महेन्द्र श्रेष्ठका अनुसार बर्षातको समयमा जमेको पानी निकाल्न जेनेरेटर प्रयोग गरेर पम्प चलाउनुपर्ने बाध्यता समेत रहँदै आएको बताए।उनले भने अब नाला निर्माण भएपछि केहि राहत हुने विश्वास व्यक्त गरे।

सुनवल क्षेत्रमा बढ्दो सहरीकरण,पुराना कुलो तथा प्राकृतिक निकास अतिक्रमण,साथै पुर्व पश्चिम राजमार्ग सडक विस्तारका कारण पानीको बहाव अवरुद्ध हुँदा समस्या झन जटिल बन्दै गएको हो।वर्षात सुरु भएलगत्तै पानी जम्ने तर निकास नहुने अवस्थाले बस्ती नै प्रभावित हुँदै आएको थियो।

दीर्घकालीन समस्याको समाधानका लागि लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको पहलमा लुम्बिनी प्रदेश सरकारको लागतमा ढल निर्माण कार्य अघि बढाइएको छ।

नाली निर्माणले वर्षायाममा जम्ने पानीलाई व्यवस्थित रूपमा निकास दिने अपेक्षा गरिएको लक्ष्मीपथकी अमृता पाण्डेले बताइन।निर्माण कार्यलाई वर्षौंदेखि झेल्दै आएको डुबानको सास्ती अन्त्य हुने स्थानीयको अपेक्षा लिएका छन।

सुनवल-४ को दामोदर कुन्ड र लक्ष्मीपथ तथा सुनवल-१ को सोमनाथ क्षेत्रमा यो आयोजना ४ करोड ७२ लाखमा गरी करिब ५ किलोमिटर नाली निर्माण हुने निर्माण कम्पनि ब्रदर्स विआरटि शिव जेभीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal