ट्रेन्डीङ्ग

अर्घाखाँची अस्पताल :न्युनतम मापदण्डमा लुम्बिनी प्रदेश प्रथम

अनिल नेपाली चैत ६, अर्घाखाँची । अर्घाखाँची जिल्ला अस्पतालले न्यूनतम सेवा मापदण्डमा प्रथम नतिजा प्राप्त गरेको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालहरूमा न्युनतम सेवा मापदण्डको मुल्यांकन तथा समिक्षाका आधारमा अर्घाखाँची जिल्ला अस्पताल ७५% नतिजा प्राप्त गरी पहिलो भएको छ । जुन नेपालका ३२ वटा अस्पतालहरू मध्ये तेस्रो नम्बरमा परेको छ ।

प्रदेश सरकार लुम्बिनी प्रदेश सामाजिक बिकास मन्त्रालयबाट कुल ९ सय ३९ पुर्णाकं रहेको मुल्यांकनमा बिभिन्न बिषयमा गरी ७५ प्रतिशत अंक सहित अर्घाखाँची अस्पताल प्रथम भएको हो । यस्तै देशभरका ३२ वटा अस्पतालहरूमध्ये तेस्रो नम्बरमा परेको एम.एस.एस रिसर्च प्रसन तथा तम्घास अस्पताल गुल्मीका मेडिकल सुपरिटेन्डेन्ट डा. उत्तम पाच्याले जानकारी दिनुभयो । सुक्रबार अस्पतालमा आयोजित प्रादेशिक अस्पतालहरूमा न्युनतम सेवा मापदण्ड ( एम.एस.एस ) मुल्यांकन तथा समिक्षा कार्यक्रममा मुल्यांकनको नतिजा सार्बजनिक गर्दे पाच्याले यस्तो जानकारी गराउनु भएको हो । कार्यक्रममा सन्धिखर्क नगर प्रमुख कमल प्रसाद भुसालले स्वास्थ्यकर्मीहरुलाई सम्मानपत्र वितरण गर्नुभएको थियो ।

अस्पताल बिकास समितिका अध्यक्ष एवं सन्धिखर्क नगरप्रमुख कमलप्रसाद भुसालको अध्यक्षता,डा.अमृत भट्टराईको स्वागत मनतब्य र जनस्वास्थ्य निरीक्षक गणेशराज गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा मनतब्य राख्दै जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख पिताम्बर भुसालले स्वास्थ्य क्षेत्रमा आफ्नो जिवनलाई सर्मपितगरी सेवागर्ने स्वास्थ्यकर्मीप्रति उच्च सम्मानगर्नुपर्ने भन्दै अस्पताललाई अझै सुधार गरी सुबिधा सम्पन्न अस्पताल बनाउनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बिष्णु पौडेल, सामाजीक बिकास मन्त्रालय अन्रगत स्वास्थ्य निर्देशनालयका बरीष्ठ जनस्वास्थ्य प्रशासक रोशनलाल चौधरी, सन्धिखर्क नगरपालीका ३ का वडाअध्यक्ष लिलाराम गौतम,२ का वडाअध्यक्ष मोतिजंग रायमाझी, अर्घाखाँची अस्पताल प्रमुख डा. कपिल गौतम अस्पताल बिकास समितिका पुर्बअध्यक्ष कृष्णप्रसाद खनाल, एम.एस.एस फोकल प्रसन कौशल भण्डारी, पत्रकार महासंघका प्रदेश सदस्य अशोक खनाल लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रममा अस्पतालको चौतर्फी बिकासमा उत्कृष्ट भुमिका निर्वाह गरेको भन्दै अस्पतालमा कार्यरत चिकित्सक सहित स्टाप नर्श लगायत बिभिन्न युनिटमा कार्यरत १५ जना कर्मचारीहरुलाई प्रमाणपत्र सहित सम्मान गरीएको थियो ।

यसैबिच अस्पताललाई लुम्बिनि प्रदेशमा प्रथम र देशभरबाट तेस्रो स्थानमा पु¥याउन अहोरात्र खटी सहयोग गर्ने अस्पतालका सम्पुर्ण चिकित्सक सहित सबै युनिटका स्टाप,स्वास्थ्यकर्मी , अस्पताल बिकास समितिका पुर्ब पदाधीकारी, बर्तमान पदाधीकारी लगायत प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सबैप्रति अस्पताल प्रमुख डा.कपिल गौतमले आभार प्रकट गर्दे आगामी दिनहरुमापनि सहयोगको अपेक्षा व्यक्त गर्नुभएको छ ।

पछिल्लो समय अर्घाखाँची जिल्ला अस्पतालले मुहार फेरेको छ । विभिन्न कुराले टिकाटिप्पणी हुने अस्पताल यतिबेला सुधार बिस्तारले भाईरल र चर्चाको सिखरमा पुग्न सफल भएको बिरामीहरु स्थानीयबासीहरु बताउछन् ।

बिरामीको लागि सामान्य आइसियू सेवा पनि नभएको अस्पतालमा आइसियु सेवा विस्तारका लागि भबन निर्माण कार्य दुर्त गतिमा अगाडि बढिरहेको छ । भवन बनेसगै सुबिधा सम्पन्न आईसियु जडान हुने छ । । यसअघि आइसियु सेवा नहुँदा गम्भीर प्रकार बिरामीलाई जिल्ला बाहिर लैजादा बाटोमा ज्यान पनि जाने जोखिम निकै थियोे ।

३२ वर्ष अघि जिल्ला सदरमुकाममा संचालनमा आएको अस्पतालमा आइसियू सेवाका लागि ४३ लाखमा निर्माण कार्य शुरु भएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर कपिल गौतमले जानकारी दिनु भयो । अस्पताल सुबिधा सम्पन्न हुन लागेको समाचार देखेपछि यहाँका नागरिकमा खुशीले हर्सित भएका छन् ।

नागरिकहरु भन्छन् अस्पतालमा धेरै सुधार भयो बिरामीले राम्रो सेवा पाएका छन् । यसका लागि अस्पताल बिकास समितिका अध्यक्ष नगरप्रमुख कमल प्रसाद भुसाल र जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतम धन्यवादका पात्र हुन् । पहिलो पटक क्षयरोग (टीबी) पत्ता लगाउने जिन ईक्सपर्ट मेसिन जडान गरी परिक्षण शुरु, डेन्टल सेवा, थाइराइट मेसिन जडान, फिजियो थेरापी लगायतका सेवा ब्लड बैँक नभएको अस्पतालले नेपाली सेनाले आवश्यक परेको खण्डमा ब्लड उपलब्ध गराउने प्रतिबद्धता जनाएपछि गर्भबती महिलाको अप्रेशन हुन थालेको अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जानकारी दिनु भयो ।

१५ शय्याबाट बिरामीलाई सेवा दिदै आएको अस्पतालले अप्रेसन गर्नुपर्ने अवस्थाका र अन्य बिरामी गाडी रिर्जव गरेर बुटवल, पाल्पा, काठमाडौ जानुपर्ने बाध्यतलाई अत्य गर्नको लागि अस्पतालबाट थप सेवा विस्तारसँगै भौतिक सेवा पनि विस्तार गदै गएको जिल्लामै गुणस्तरीय उपचार हुन्छ भन्ने विश्वास दिन आफूहरु निरन्तर पहल गरिरहेको अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले जिकिर गर्नु भयो ।

अस्पतालले चमेनागृह स्थापना, लाइट नहुदाँ विभिन्न सेवा अवरुद्व हुँदै आएको अस्पताले जेनेटर जडान गरी सेवा दिदै आएको छ भने १५ शैयाको अस्पताललाई ५० शैयामा परिणत गर्ने कामका लागि भवन र जन शक्तीको खाचो छ ।

बिरामीहरु भुईमा राखेर उपचार गर्न अस्पतालका डाक्टरहरु बाध्य छन् । बिश्वमा असर पारेको कोरोना रोग नियन्त्रणका लागि अर्घाखाँची अस्पतालका प्रमुख डाक्टर कपिल गौतम सहितका डाक्टर कर्मचारीहरु दिनरात खटेर काम गरेको भन्दै उनिहरुको सबैले प्रशम्सा गरेका छन् । अस्पतालमा दन्त सेवा नाककान घाँटी रोग उपचार सेवा ईमर्जेन्सी सेवा ओपिडि सेवा चौबीसै घन्टा ल्याब भिडियो एक्सरे सेवा सुचारु छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal