ट्रेन्डीङ्ग

अखिल (क्रान्तिकारी )लमजुङले बुझायो माग पत्र ,छात्राहरुको सुरक्षा र आत्मरक्षाका लागि तालिम गरौं

२० फागुन, लमजुङ ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लमजुङले छात्राहरुको सुरक्षा तथा आत्मरक्षाका लागि भन्दै अनिवार्य तालिमको माग गरेको छ ।

बिहीबार जिल्लाको बेसिशहर नगरपालिकाका मेयर गमन सिंह अर्याल लाई केन्द्रीय संघर्षको कार्यक्रम अनुसार अखिल (क्रान्तिकारी) लमजुङले मागपत्र बुझाएको हो ।

अखिल (क्रान्तिकारी) लमजुङ जिल्ला संयोजक राजन साउदद्वारा हस्ताक्षरित मागपत्रमा निर्मला पन्त, सम्झना कामी, भागरथी भट्ट लगायत देशभर महिला तथा छात्राहरुमाथि भईरहेको बलात्कार, हत्या, हिंसाका घटनाको निष्पक्ष छानबिन गरी घटनामा संलग्न दोषीलाई कडा कारवाही गर्न र पीडितलाई उचित क्षतिपूर्तिसहित न्याय दिन ठोस पहल गर्न माग गरेका छन ।

स्थानीय निकायमा रहेका स्कुल कलेजमा पढ्ने छात्राहरुको आत्मसुरक्षाको लागि विशेष तालिम तथा सुरक्षाको ग्यारेन्टी गरियोस् भन्दै पछिल्लो समय झन् महिला तथा बालबालिकाहरुको सुरक्षाको अवस्था अत्यन्तै कमजोर भएको विज्ञप्तिमा उल्लेख छ ।

व्यक्तिगत सत्ता लिप्सा, भ्रष्टाचार, नातावाद, कृपावादमा केन्द्रीत वर्तमान सरकार यस्ता घटनाहरुमा निरिह र लाचार बनेको भन्दै यस्तो अवस्थामा अखिल (क्रान्तिकारी)को गम्भिर ध्यानाकर्षण भएको संयोजक राजन साउदले विज्ञप्ति मार्फत् जनाएका छन् ।विज्ञप्ति :

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?