सुनवल।महाकवि देवकोटा प्राविधिक शिक्षालय सुनवलमा ३ महिने लाइट भेहिकल सर्भिस मेकानिक तालिमको समापन तथा प्रमाण पत्र वितरण कार्यक्रम सम्पन्न भएको छ।
महाकवि देवकोटा नमुना मा.वि का अध्यक्ष ज्ञानहरी अर्यालको अध्यक्षता तथा सुनवल नगरपालिका वडा नम्वर ४ का वडाध्यक्ष बालकृष्ण पंगेनीको प्रमुख आतिथ्यतामा तालिममा सहभागिहरुलाई प्रमाण पत्र वितरण गरिएको हो।
कार्यक्रममा वोल्दै प्रमुख अतिथि तथा वडा नम्वर ४ का वडाध्यक्ष पंगेनीले ब्यावहारिक ज्ञानले जिवनस्तर सुर्धान सकिने भन्दै सिकेको सिपलाई प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो।
त्यस्तै महाकवि देवकोटा नमुना मा.वि का अध्यक्ष ज्ञानहरी अर्यालले बजारको मागलाई मध्यनजर गर्दै विभिन्न कार्यक्रमहरु सचालन गर्दै आएको बताउनुभयो । तालिममा सहभागि भएकाहरुलाई आफ्नो सिपको पर्दशन गर्न कत्ति पनी पछ पर्न नहुनेमा जोड दिनुभयो ।
त्यस्तै महाकवि देवकोटा नमुना माविका प्रअ खेमलाल शर्माले देवकोटा ले शैद्धान्तिक र व्यवहारीक दुवै पक्षलाई एकैसाथ वढाएको भन्दै देवकोटामा अध्ययन गर्ने विद्यार्थीहरु जुन सुकै क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम रहेको वताउनुभयो।
३ महिने लाइट भेहिकल सर्भिस मेकानिक तालिममा १९ जनाको सहभागिता रहेको महाकवि देवकोटा प्राविधिक शिक्षालयका संयोजक अमृत मिश्रले जानकारी दिनुभयो।