ट्रेन्डीङ्ग

भ्रष्टाचारको विरुद्धको अभियानमा सहभागी हुन विप्लव नेकपाकाे आह्वान

भदौ १२ सिन्धुपाल्चोक । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सिन्धुपाल्चोकले’भ्रष्टाचारविरुद्ध हाम्रो अभियान र जनसंघर्ष’मा आमसरोकारवाला निकाय र आमजनसमुदायलाई सहयोग र समर्थन गर्न आह्वान गरेको छ।

नेकपा सिन्धुपाल्चोकका जिल्ला इन्चार्ज प्रविण र सेक्रेटरी युगीनले भ्रष्टाचारविरुद्ध प्रेस विज्ञप्ति जारी गर्दै जिल्लामा भएका तमाम भ्रष्टाचारविरुद्ध जनबहिष्कारसहित ‘भ्रष्टाचारविरुद्ध हाम्रो अभियान र जनसंघष’ मा सहयोग र समर्थन गर्न आम सिन्धुबासी जनसमुदायमा अनुरोध गरेका छन।

सिन्धुपाल्चोक जिल्लाका सम्पूर्ण सरकारी कार्यलयहरु झैँ स्थानीय निकायहरुमा चरम भ्रष्टाचार भएको महालेखा परीक्षकको ५८ औँ वार्षिक प्रतिवेदन-२०७८ ले पनि छर्लङ्ग पारेको विज्ञप्तीमा उल्लेख छ । जुन महालेखाको प्रतिवेदन अनुसार भोटेकोशी गाउँपालिकामा ७ करोड १ लाख २ हजार बेरुजु रहेको छ।त्यसैगरी चौतारा साँगाचोकगढी नगरपालिकामा ७ करोड १६ लाख २३ हजार बेरुजु, त्रिपुरासुन्दरी गाउँपालिकामा १ करोड ९० लाख ५६ हजार बेरुजु रहेको र यसरी जम्मा बेरुजु रकम १६ करोड ७ लाख ८१ हजार रहेको छ ।

जिल्लामा भएको यस्ता चरम भ्रष्टाचारप्रति नेपाल कम्युनिष्ट पार्टीको गम्भीर ध्यानाकर्षण भएको भन्दै विज्ञप्तीमा लेखिएको छ,-‘दलाल पुजीवादी संसद झुटका पुलिन्दा बर्साउने, नक्कली विवरण र कागजजात पेश गर्ने, गफ उडाउने, एक अर्कालाई छक्याउने पछार्ने र भ्रष्टाचारलाई अनुमोदन गर्ने अखडामा बदलिएका छन् । बाहिर सुख र समृद्धिको राग अलाप्ने तर भित्र जनताको नाममा आएको रकमलाई भ्रष्टाचार गरि आफ्नो झोलि भर्ने कार्य गरिरहेका छन् । यस्ता पाइलापाइलामा पाइपाई निचोर्न खप्पिस दलाल पुजीपति वर्गको अनियन्त्रित एवम् असिमित शोषणका कारण नागरिकको जीवन संकटग्रस्त बन्दै गएको छ । यस्ता प्रकृतिका राष्ट्रघात, जनघात र भ्रष्टाचार गरि जनतालाई झुक्याउने व्यवस्थाको विरुद्ध जनवहिष्कारसहित जनकारबाही सशक्त ढंगले बढिरहेने कुरा जानकारी गराउँदछौँ ।’
विज्ञप्ति:

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal