ट्रेन्डीङ्ग

राष्ट्रिय संकट र अबको निकास

असार १६ कपिलवस्तु ।
आजको युग भनेको २१ औं शताब्दीको युग हो । आजको समय भनेको उच्चतम रुपमा विज्ञान र प्रविधिको आविस्कार गर्ने, निर्माण गर्ने युग हो । यो समयमा आएर नेपाल जस्तो अल्पविकसित मुलुकमा हरेक किसिमका संकट उत्पन्न हुुनु चुनौतीको विषय हो ।

आज देशको राजनीतिक प्रणाली भित्रको फोहोरी खेलमा देश र जनतालाई योजनाका साथ फसाइएको छ ।हाम्रो राष्ट्रस्वाधीन, आत्मनिर्भर हुनुको सट्टा विदेशीको दास र परनिर्भर तर्फ उन्मुख बनाइएको छ ।

अहिलेको वर्तमान राजनीतिक अभ्यासबाट जनतामा आक्रोस छ, सत्तासिन राजनीतिककर्मीहरु कुर्सी टिकाउ, राजनीतिक भागबन्डा, घोटला अभियानमा निरन्तर छन् । राज्य संकटमा छ, आजको विषम् परिस्थितिमा नेपाली जनतामाथि तीब्र असन्तुष्टि छ । हरेक किसिमको जातीय, लिङ्गीय, वर्गीय विभेद, कमिसन, महङ्गी, भ्रष्ट्राचार, कालोबजारी, तस्करी, माफियागिरी, बलात्कार, हत्याहिंसा जस्ता सामाजिक विकृति दिनहुँ बढ्दो क्रममा छ ।

राष्ट्रियताको सवालमा वैदेशिक हस्तक्षेप, गिद्वेनजर, सिमा अतिक्रमण, राष्ट्रघाती सम्भौता, राष्ट्रियता विरुद्वका कदम नेपाली जनतालाई कदापी स्वीकार्य हुन सक्दैन । जटिल परिस्थितिमा देशको राजनीतिक, आर्थीक, सामाजिक, सांस्कृतिक पक्ष निकै संकटग्रस्त अवस्थामा छ । वर्तमान समयमा कोभिड १९ ले सिङ्गो मानव जीवनमा पारेको प्रभाव त छँदैछ, सरकार जनता बचाउनुको सट्टा सत्ता स्वार्थमा लिप्त छ । सरकारको प्रतिपक्ष मानिने दलहरु गासे कुकुर जस्तो कुर्सीको लागी ढुकी रहेको अवस्था छ । एक आपसमा आरोप प्रत्यारोप गरी जनतालाई बढो भ्रमित पारिरहेछन् ।

सत्तासिन र सरकार प्रतिपक्ष दलले संसद विघटन, पुनसस्थापना, मध्यावधि चुनाव, सांसद किनबेच, आरोप प्रत्यारोप बीच फैसला गर्न, न्यायको पवित्र अंग सर्वोच्च अदालतलाई बाध्य बनाइएको छ । यति मात्र होइन, कुन पार्टी रहने, नरहने, कुन नेताले राजनीति गर्ने, नगर्ने भन्ने विषयमा फैसला गर्न अदालतलाई बाध्य बनाइदै छ । त्यसैले यी निजी स्वार्थ राख्ने नेतृत्वले जनता, राष्ट्रहित विपरित गरेको अभ्यास अब राष्ट्रभक्त जनतालाई कदापी स्वीकार्य हुन सक्दैन । यता सामाजिक अभियन्ता भनेर आफुलाई चिनाउनेहरु एनजिओ, आइएनजिओ विदेशी शक्ति के्रन्द्रबाट परिचालित, बिना दृष्टिकोण, गन्तब्यहीन विचार बोकेर तथानाम बोल्दै युवा पुस्तामा भ्रम सिर्जना गरिरहेछन् । त्यसैले गन्तब्यहीन अभियानमा लाग्नुको साटो स्पष्ट बिचार, दृष्टिकोण भएको अभियानमा लाग्नु असल नेपाली नागरिकको कर्तब्य बन्न आउँछ ।

राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक समस्याको जड नै दलाल पुँजीवादी व्यवस्था हो । त्यसैले संसदीय व्यवस्था असफल सिद्व भयो । अब सम्पुर्ण क्रान्तिकारी,वामपन्थी, देशभक्त, प्रगतिशील, श्रमजीवी,र लोकतान्त्रिक शक्तिहरु एक भएर असफल सिद्व भएको दलाल संसदीय व्यवस्थाको विकल्पमा समाजवादी राज्यसत्ता स्थापना गर्नु विकल्प नरहेको निष्कर्षमा पुग्नु अहिलेको आवश्यकता हो । त्यसैले उच्च लोकतान्त्रिक विधिको प्रयोग गर्दै संसदीय व्यवस्था ठिक की समाजवादी व्यवस्था ठिक ? चुन्ने निर्णायक अधिकार जनमत सङ्ग्रहद्वारा जनतालाई दिनुपर्छ । सम्पुर्ण राष्ट्रिय समस्याको जड नै असफल संसदीय व्यवस्था हो । त्यसैले वैज्ञानिक समाजवादी व्यवस्था अपरिहार्य बन्यो ।

असफल संसदीय व्यवस्थाबाट मुक्त हुन सम्पूर्ण राजनीतिककर्मी, वुद्विजीवी, पत्रकार, कानुनविद्, मध्यमवर्ग, उत्पीडित वर्ग, श्रमजीवी वर्ग एक भएर संघर्ष गर्नुपर्छ । यावत् संकटबाट मुक्त हुन त्यतिवेला मात्र सम्भव छ, जुन समय वैज्ञानिक समाजवादी व्यवस्था स्थापना भइसकेको हुन्छ । (लेखक:अखिल क्रान्तिकारीका कपिलवस्तु अध्यक्ष विष्णु बहादुर राउत बिज्ञान हुन् )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?