ट्रेन्डीङ्ग

मिक्वाखोला गाउँपालिका ३ वटा मोटरेबल पुल

प्रिशा बस्नेत ताप्लेजुङ ,जेष्ठ १३।

मिक्वाखोला गाउपालिका १ खोक्लिङ ओझागाउकी देविमाया ओझा ५ वर्ष अघिसम्म सडकमा गाडी गुडेको हेर्न हान्द्रुङसम्म पुग्थीन । उनलाई त्यहासम्म पुग्न दुई घण्टा लाग्थ्यो । गाडी चढ्न भने सदरमुकाम नै पुग्नुपर्थो । उनी हेर्न गएको त्यही गाडी केही ठाउमा सडक खन्दा उनकै गाउ सम्म पनि पुग्थ्यो ।

गाउँलेहरु सडकखन्न जग्गा दिनमात्रै हैन खन्ने पैसापनि निकाल्न समेत तयार थिए । तर, सडक खनेर मात्रै हुदैन थियो । अबरोधक थियो बिचमा बहने तमोर नदी । जस्मा मोटरेबपुल थिएन । बनाउन करोडौं खर्च लाग्थ्यो । त्यसैले खोलावारी बसेर पारी गाडी गुडेको हेर्नुको बिकल्प थिएन । खोक्लिङ २ का जंग लिम्बुका भन्छन जब २०७४ सालमा सानिमा हाइड्रोपावरले आफ्नो काम सुरुवात गर्न थाल्यो, तब मिक्वाखोला गाउँपालिका बासिको थोरै आशा पलायो ।


हाइड्रो पावरले काम सुरुवात गर्न थाले पछि निर्माण सामाग्री सदरमुकाम फुङ्लिङबाट निर्माणकार्य स्थल मिक्वाखोला गाउँपालिका ल्याउनु पर्ने हुन्थो ,तर त्यस्को लागि मोटरेवल पुल थिएन न त झोलुङ्गे पुलबाट ओसारपसार गर्न नै संभव थियो । निर्माण सामाग्री ल्याउनकै लागि भएपनि मोटरेवल पुलको निर्माण गर्नु पर्ने बाध्यता रहेको थियो । जब हाइड्रोपावरले निर्माण सामाग्री निर्माणाधीन स्थल सम्म पुर्याउनका लागि तमोर नदि माथी मोटरेवल पुल ट्रस ब्रिजको निर्माण गर्ने योजना बनायो । जुन निर्माण कार्य सम्पन्न नहुन्जेल सम्मका लागि फुङ्लिङ नगरपालिका देखि मिक्वाखोला गाउँपालिका जोडनका लागि तमोर नदि माथी अस्थाई डाईभरसन रोडको निर्माण गर्यो ,तब मिक्वाखिला गाउँपालिका बासिको बर्सौ देखिको प्रतीक्षामा थप आशा पलायो ।त्यही थोरै आशाबाट आज सिङ्गो गाउपालिका यातायातको सुबिधामा जोडिएको बताए ।फलामे पुल अर्थात ट्रस ब्रिज लगभग ९ महिना पछि संचालनमा आयो ,त्यस पश्चात् मिक्वाखोला गाउँपालिकाले यातायातको सुबिधामा अझ नजिक हुने मौका पायो।अहिले सदरमुकाम फुङ्लिङ देखि खिक्लिङ,लिवाङ र फक्ताङ्लुङ गाउँपालिकाको सावादिन सम्म यातायात पुग्न थालिसकेको उनी बताउछन ।जिल्लाकै राम्रो धान फल्न उर्बर भुमि मध्येको खोक्लिङको खुर्पादिन बेसिलाई चिनिने गरिन्थ्यो । खोक्लिङ्का देविन्द्र गुरागाई बर्षमा ८० मुरि धान फलाउछन । तर बिक्रिकालागी लैजान उनलाई उत्पादन गर्नभन्दा पनि ढुवानी भाडा बढी लाग्थ्यो ।

यातायात सुविधा नभएका कारण उत्पादन गरेर पनि राम्रो आम्दानी लिन नसकेको बताउछन । अर्का अलैंची कृषक कृष्ण बगाले बर्षमा २० मन अलैंची फलाउछन ।उनले २० मन अलैंची बेच्न लैजादा अलैंची बाट आउने आधा आम्दानी ढुवानी खर्छ तिर्छन। १ मन बराबर दिनको १००० रुपैयाँ दिदामात्रै सदरमुकाम पुग्ने गर्थो ।


मिक्वाखोला गाउँपालिका २ कि वडा सदस्य भिमा दाहाल गाउँपालिकाको बैठकमा गाउँपालिकाको केन्द्र पुग्न ७ घन्टा हिड्थिन । तर अहिले यातायातको सुबिधा पुगे संगै सहज भएको र दुरि पनि छोटिएकाे उनी बताउछिन । अहिले यही गाउपालिका जोड्न एउटा मात्रै नभएर तीन वटा मोटरेवल पुल बनिएको छ । त्योपनि प्रत्येक ३ /३ किलामिटरको अन्तरमा ।

यातायात पुगे संगै कृषकलाई राहत मिलेको कृषक बताउछन । सामिना हाइड्रोपावरले निर्माण गरेको फुङ्लिङ नगरपालिका ९ बाट मिक्वाखोला गाउँपालिका २ खिक्लिङ जोडिन्छ । ९ करोडको लागतमा निर्माण ट्रस बृज अहिले सञ्चालनमा छ ।

निर्माणाधीन फुङ्लिङ नगरपालिका १ बाट मिक्वाखोला गाउँपालिका १ खोक्लिङ्को दगुर्नेमा जोडिने ट्रस बृजको निर्माण कार्य ८५ प्रतिशत भइ सकेको वडा अध्यक्ष अमृत लिम्बुले जानकारी दिए

११ करोडको लागतमा मोटरेबल पुल ट्रस बृज जेबि कन्ट्रक्सनले निर्माण गरिरहेको छ । यहीँ आर्थिक बर्ष सम्म सम्पन्न गर्ने योजना रहेको लिम्बुले बताए । त्यस्तै फुङ्लिङ नगरपालिका २ बाट सोही वडाकाे हान्द्रुङमा जोडने पक्की पुलको निर्माणकार्य ७० प्रतिशत भइसकेको छ ।१२ करोडको लागतमा शर्मा कन्ट्रक्सनले निर्माणकार्य गरिरहेको छ ।लिम्बुका अनुसार अर्को आर्थिक बर्ष सम्म सक्ने योजना रहेको छ ।

बिस्वब्यापी फैलिरहेको महामारीको बेला आफ्नै जिल्लामा निषेधाज्ञा भए पनि निरन्तर निर्माण कार्य भइरहेको ले योजना अनुसार सम्पन्न गर्ने उनले बताए ।तर एउटै गाउँपालिकामा ३ वटा मोटरेवल पुलको आवश्यकता खासै नरहेको अध्यक्ष लिम्बू बताउछन । निर्माणाधीन २ वटै पुल मिक्वाखोला गाउँपालिका १ मा पर्दछन । सोही निर्माणाधीन पुल जोडीए संगै मिक्वाखोला गाउँपालिकामा ३ वटा पुल हुने छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?