ट्रेन्डीङ्ग

लोकसेवा आयोगद्वारा लिईने परिक्षाका लागी महत्त्वपूर्ण वस्तुगत प्रश्नोत्तर

1.मङ्गल ग्रहमा पहिलोपटक उडाईएको हेलिकप्टर कुन हो? – Ingenuity
2. नेपालको पहिलो फ्रेन्चाइज फुटबल लिग नेपाल सुपर लिग( NSL ) 2021 कुन टोलिले जित्यो?
– काठमाण्डौ रेजर्स
3.हाल नेपालमा रहेको गैंडाको संख्या कति रहेको छ?
– ७५२ वटा
4.नबनिर्मित धरहरा प्रधानमन्त्री केपि शर्मा ओलिले कहिले उद्द्घाटन गर्नु भयो?
– २०७८/०१/११
5.विश्व प्रेस स्वतन्त्रता सूचकांक 2021 मा नेपाल कति औं स्थानमा रहेको छ ?
– नेपाल १०६ औं रहेको
6. बुद्ध धर्मको त्रिपिटक अन्तर्गत कुन कुन पर्दछ्न?
– विनय पिटक, शुक्ती पिटक , अभिधम्ब पिटक
7. कुरानमा कति खण्डहरु रहेका छन ?
– 114 खण्ड
8. ट्रहोटे पर्व कुन जातिले मनाउछन ?
– गुरुङ
9. हुक्का हुक्की पर्व कुन जातिले मनाउछन ?
– राजवंशि
10. राजी जातिको प्रमुख वसोबास कुन जिल्ला पर्दछ ?
– दाङ
11. नेपालको राष्ट्रिय झण्डा सम्बन्धि नेपालको संविधानको कुन धारामा उल्लेख गरिएको छ ?
– धारा 8
12. कसैलाई पनि मृत्यु दण्ड नदिइने सम्बन्धि व्यवस्था संविधानको कुन धारामा उल्लेख गरिएको छ ?
– धारा १६, धारा १६ मा
13. लिच्छविकालमा भट भनेर के लाई पुकारिन्थ्यो?
– सिपाही
14. राणाकालीन समयमा न्याय सम्बन्धि सर्वोच्च अड्डालाई के भनिन्थ्यो?
– बिन्तिपत्र निक्सरी अड्डा
15. नेपालमा कृषि गणना कहिले बाट थालियो?
– २०१८ साल बाट
16. नेपालमा किपट प्रथा कहिले खारेज गरियो?
– २०१८
17. IPO को पूरा रुप के हो?
– initial public offering
18. आविस्कारका पिता भनेर कसलाई चिनिन्छ ?
– थोमस अल्वा एडिसन
19. मानवअधिकार सम्बन्धि विश्वव्यापि घोषणा पत्र कहिले जारी भयो? – सन् 1948
20. नेपाली राष्ट्रिय क्रीकेट टोलिको प्रशिक्षक को हुन?
– डेव वाटमोर
21. पुनर्निर्माण गरिएको धरहराको प्रधानमन्त्री बाट कहिले उद्घाटन भयो?
– २०७८/०१/११
22. 2020/21 को स्पेनिस कोपा डेल रे कुन क्लब ले जित्यो?
– बार्सिलोना
23. नेपाल सङ कुटनैतिक सम्बन्ध कायम हुने अन्तिम मुलुक कुन हो?
– डोमिनिका
24. दक्षिण ध्रुव कसले पत्ता लगाएका हुन् ?
– एमण्डसेन
25. सार्क मा रहेका भुपरिवेष्ठित राष्ट्र कुन कुन हुन?
– नेपाल, अफगानिस्तन र भुटान
26. म्याग्नाकार्टा कहिले जारी भएको थियो?
– सन् १२१५ जुन १५
27. नेपाली माटो को डिजिटल नक्सा कहिले सार्वजनिक भयो ?
– २०७७ फाल्गुन १२
28. उत्तर अमेरिकाको घासे मैदानलाई के भनिन्छ ?
– प्रेयरी
29. विश्वको सबैभन्दा लामो हिमनदी कुन हो?
– ल्याम्बर्ट
30. हिल्सा नाका कुन जिल्लामा पर्छ ?
– हुम्ला
31. नेपालमा गाउँपालिकाको संख्या कति रहेको छ ?
– 460
32. सेतो मच्छिन्द्रनाथको जात्रा कसले चलाए?
– प्रताप मल्ल
33. विश्व पृथ्वी दिवस कहिले पर्दछ ?
– अप्रिल 22
34. दिगो बिकासका लक्ष्य हरु कति रहेका छन ?
– 17
35. कल्छुमान ताल कहाँ पर्दछ ?
– गोरखा
36.निम्न मध्य कुन भनाई ठिक होइन ?
A. सोरठी नृत्य गुरुङ जातिमा प्रचलित नाच हो ।
B. कर्माधर्मा नाच नेवार समुदायमा प्रचलित छ ।
C. धान नाच लिम्बू जातिले नाच्ने नाच हो ।
D. मारुनी नाच मगर जातिमा प्रचलित छ ।
– B गलत ( कर्माधर्मा झागड जातिले नाच्ने गर्छन )

३७.वि.सं २००७ सालभन्दा अघि नेपाल सङ्ग दौत्य सम्बन्ध कायम रहेको देश तलका मध्य कुन होईन ?
A. भारत
B. बेलायत
C. अमेरिका
D. चीन
– D. चीन

३८.सर्वोच्च अदालतमा प्रधानन्यायाधीशको अलावा बढिमा कति जना न्यायाधीश रहने व्य्वस्था छ ?
– २० जना

३९.रुसी क्रान्ति कहिले सुरु भएको थियो?
– सन् १९१७ मार्च ७ मा

४० निम्न मध्य कुन जोडा गलत छ ?
A.झिलमिल ताल – कंचनपुर
B. घोडाघोडी ताल – कैलाली
C. बेगनास ताल – कास्की
D. कुपिन्डे दह – प्युठान
-D गलत, कुपिन्डे दह सल्यानमा पर्छ ,
संकलनकर्ता:गरिमा बि.सी.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal