ट्रेन्डीङ्ग

वीरगन्जमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु

वीरगन्जस्थित गण्डक कोभिड अस्पतालमा उपचाररत् ५५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

उनको सोमबार बिहान ३ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए।

वीरगन्ज महानगरपालिका-१० निवासी उनलाई गत भदौ १२ गते अस्पताल भर्ना गरिएको। उनमा संक्रमण पुष्टि भने २२ गते भएको थियो।

मृत्युपछि उनको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ।

मृतक महिलाको फोक्सोमा समस्या रहेको डा. चौरसियाले जानकारी दिए।

सोमबार मात्र थप चार जना संक्रमितको मृत्यु भएको छ। जसमा रुनपन्देहीमा दुई र धरान र चितवनमा एक-एक जनाको मृत्यु भएको हो। योसँगै मृत्यु हुने संक्रमितको संख्या ३ सय ५० पुगेको छ।

पछिल्लो पाँच जनाको मृत्यु विवरण भने स्वास्थ्य मन्त्रालयले सोमबार अपरान्ह सवा चार बजे जानकारी गराउने छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?