ट्रेन्डीङ्ग

स्मृतिकप फुटबल : फाइनलमा भुमही रिकन्डिसन र जनशक्ति बडेरा भिड्ने

भुमही।भुमहीमा जारी प्रथम स्व. बिमल–बिनोद स्मृति कप ९ ए साइड नकआउट फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनलमा भुमही रिकन्डिसन विजयी भएको छ।

मंगलबार सम्पन्न खेलमा भुमहीले आयोजक राइजिङ स्टार एफ.सी.लाई ३–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो।आजको खेलमा रिकण्डिसनका खेलाडी सुरज चौधरी म्यान अफ द म्याच घोषित भए।

यसअघि पहिलो सेमिफाइनलमा जनशक्ति युवा क्लबले उदय युवा क्लबलाई १–० ले हराउँदै फाइनल पुगेको थियो।उपाधिका लागि जनशक्ति युवा क्लब र भुमही रिकन्डिसनबीच असोज २ गते प्रतिस्पर्धा हुने भएको छ।

१६ टोली सहभागी प्रतियोगिताको विजेताले नगद रु ५० हजार ५१ सहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले नगद रु २५ हजार ५१ सहित ट्रफी पाउनेछन्। साथै, सर्वोत्कृष्ट खेलाडी, म्यान अफ द म्याच, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई समेत आकर्षक पुरस्कार प्रदान गरिनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?