ट्रेन्डीङ्ग

उदयीमान बहुप्रतिभाशाली कलाकार सोनिया पुन मगर..

बीगत ३ बर्ष यता नेपाली लोक संगीत क्षेत्रमा संघर्षरत कलाकार हुन् सोनिया पुन ।प्युठान जिल्लामा जन्मिएर नेपाली लोक कला संस्कृतिलाई नजिकबाट महसुश गरेकि सोनिया पुनले दर्जन बढि गीतमा आफ्नो आवाज संगै अभिनय अथवा नृत्य पनि गरेर दर्शक माझ आफ्नो कलाकौशलता प्रस्तुत गरिरहेकि छन्।


हालसम्म उनका ( रातो बरुको,अकबरे फुल, भसक्कै मन पर्छ,घुम्नै पर्ने प्युठानमा लगायत दर्जनौ अफिसियल एवम् दर्जनौ प्रत्यक्ष दोहोरी भिडियो हरु डिजिटल प्लाटफममा प्रत्यक्ष हेर्न र सुन्न सकिन्छ ।
उनले लोकदोहोरी क्षेत्रका सुप्रशिद्ध कलाकार ( राजु परियार,मिलन लामा, शित्तल गुरुङ, चिज गुरुङ,शिद्धार्थ आले लगायत दर्जनौ कलाकार हरु संग सहकार्य गरेकि छन्।

नेपाली परम्परागत गीतहरुमा,मौलिक गीतहरुमा उनको निक्कै राम्रो झुकाव र सद्भाव देखिन्छ । सभ्य सुसंस्कृत गीत र प्रस्तुतिमा मोहित हुने सोनिया पुनले आफुलाई पनि मौलिक र सभ्य संस्कृति संगै डोर्‍याउन खोजेको पाइन्छ ।३ बर्षको सांगीतिक यात्रामा मौलिक कौराह,सालैजो,झ्याउरे लगायत दर्जनौ प्रत्येक्ष दोहोरीमा पनि उनको दखलता पाईएको छ ।

नेपाली लोक संगीत क्षेत्रमा पछिल्ला केही बर्षयता घनिभुत विकृति छाएको परिप्रेक्षमा आजको नयाँ पुस्तामा पनि मौलिक र सुसभ्य प्रस्तुतिमा झुकाव राख्ने कलाकार बिरलै पाइन्छ यसर्थ यस्ता मौलिक र सुसभ्य संगीत र प्रस्तुति दिने कलाकारको जगेर्ना गर्नु प्रोत्साहन गर्नु नेपाली समाजको दायित्व पनि हो । पुनका रातो बरुको, अकबरे फुल जस्ता गीत चर्चीत छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?